मेसीद्वारा पेलेको कीर्तिमान बराबरी

शेयेर गर्नुहोस

 स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन्।

एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको कीर्तिमानलाई शनिबार मेसीले भेट्टाएका हुन्।

भ्यालेन्सियाबिरुद्ध बार्सिलोनाका लागि करियरको ६४३ औं गोल गर्दै मेसीले उक्त कीर्तिमान बनाएका हुन् ।

निउवेल्स ओल्ड बोइजबाट स्पेन आएयता मेस्सीले आफ्नो पूरै करियर बार्सिलोनामा बिताएका छन्। सन् २००४ मा फ्रांक रायकार्डले डेब्यू दिए यता मेसीले दर्जनौ कीर्तिमान बनाइसकेका छन्।

भ्यालेन्सियाबिरुद्ध शनिबार राति पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै मेसीले पेलेको कीर्तिमान बराबरी गरेका हुन्।

पेलेले ब्राजिलियन क्लब सान्तोषमा १८ वर्ष बिताउँदै ६५६ खेलमा ६४३ गोल गरेका थिए।

alfa care

मेसीले बार्सिलोनाका लागि १० लिग उपाधि, ४ च्याम्पियन्स लिग उपाधिसहित ३४ मुख्य उपाधि जितेका छन् । उनले सर्वाधिक ६ वटा बालोन डि ओरको उपाधि पनि जितेका छन्।https://platform.twitter.com/embed/index.html?dnt=false&embedId=twitter-widget-0&frame=false&hideCard=false&hideThread=false&id=1340328537606242304&lang=en&origin=https%3A%2F%2Fwww.setopati.com%2Fsports%2Ffootball%2F224162&siteScreenName=setopati.com&theme=light&widgetsVersion=ed20a2b%3A1601588405575&width=550px

स्पेनिस ला लिगा अन्तर्गत आज भएको खेलमा बार्सिलोना र भ्यालेन्सिया बराबरीमा रोकिएका छन्। क्याम्प नाउमा भएको खेलमा घरेलु टोली बार्सिलोना भ्यालेन्सियासँग २-२ को बराबरीमा रोकिएको हो।

खेलमा भ्यालेन्सियाले अग्रता बनाएको थियो। खेलको २९ औं मिनेटमा मोक्तार दिएकाबीले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए। उता बार्सिलोनाले ४५ औं मिनेटमा पेनाल्टीको अवसर पायो जसमा लियोनल मेस्सी चुके पनि लगत्तै हेडिङमार्फत गोल गर्दै कीर्तिमान बनाए।

ताजा खबर

The Ultimate Guide to Online Slots: Every Little Thing You Need to Know

How to Deposit Ethereum at SpinKings

Exclusive Craps Australia Delivers Real Table Thrills Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !