विश्व वातावरण दिवसमा शुक्लाफाँटामा चरा अवलोकन, सिमसार संरक्षणमा जोड

शेयेर गर्नुहोस

धनगढी । विश्व वातावरण दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पुरैनी ताल,बेलौरीमा रैथाने तथा आगन्तुक ९प्रवासी० चराहरूको अवलोकन कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधि, संरक्षणकर्मी तथा स्थानीयको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख लक्ष्मीराज जोशीले पछिल्लो समय वातावरणीय परिवर्तन र मानव गतिविधिका कारण त्यसको प्रत्यक्ष असर चरा तथा वन्यजन्तुमा परेको बताए। उनले जैविक विविधता संरक्षणका लागि सिमसार क्षेत्रको संरक्षण अपरिहार्य रहेको बताए। पर्यटनको सम्भावना भए पनि पर्याप्त प्रचारप्रसार नहुँदा पुरैनी , रानी र सिकारी तालसहितका महत्वपूर्ण सिमसार क्षेत्र ओझेलमा परेको उनले बताए।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले शुक्लाफाँटा चराको दृष्टिले नेपालकै महत्वपूर्ण क्षेत्र रहेको बताए। उनका अनुसार निकुञ्ज क्षेत्रमा विभिन्न रैथाने तथा प्रवासी चरासँगै दुर्लभ प्रजातिका चराहरू पनि पाइने गरेको बताए। उनले सिमसार क्षेत्र र तालहरूको उचित व्यवस्थापन हुन नसक्दा केही जलाशय संकटमा परेको बताउदै रानी ताल सुक्दै जानु चिन्ताको विषय भएको बताए।

उनले भने,“शुक्लाफाँटा जैविक विविधताले सम्पन्न क्षेत्र हो। यहाँका सिमसार क्षेत्र बसाइँ सर्ने चराहरूका लागि महत्वपूर्ण बासस्थान हुन्। तर दिनानुदिन बढ्दो मानवीय गतिविधि र व्यवस्थापनको अभावले यी क्षेत्रहरू प्रभावित भइरहेका छन्,।”

कार्यक्रममा वक्ताहरूले चुरे क्षेत्रका तालतलैयाहरू जलपक्षी तथा अन्य वन्यजन्तुका लागि महत्वपूर्ण आश्रयस्थल भएकाले तिनको संरक्षणमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए। परम्परागत रूपमा माछा मार्ने गतिविधि, बासस्थानको विनाश तथा अन्य मानवीय हस्तक्षेपले सिमसार क्षेत्रमा नकारात्मक असर परेको उनीहरूको भनाइ रहेको थियो।

शुक्लाफाँटा नगरपालिकालाई गिद्ध संरक्षणका लागि सुरक्षित क्षेत्रका रूपमा विकास गर्न सकिने सम्भावनाबारे पनि कार्यक्रममा छलफल भएको थियो। गिद्ध संरक्षणका लागि स्थानीय तह, समुदाय र संरक्षण निकायबीच सहकार्य आवश्यक रहेको उनीहरुले बताए।

कञ्चनपुर जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले वातावरण संरक्षणलाई व्यवहारसँग जोड्नुपर्ने आवश्यकता रहेको बताए। उनले एक समय स्थानीय क्षेत्रमा सहजै देख्न पाइने बकुल्ला, भगेरा, कर्‍याङकुरुङ लगायतका चराहरू क्रमशः दुर्लभ बन्दै गएको बताउदै जैविक विविधता संरक्षणमा सबैको साझा जिम्मेवारी रहेको बताए।

“विश्व वातावरण दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन मात्र होइन, वातावरण जोगाउन व्यक्तिगत प्रतिबद्धता जनाउने अवसर पनि हो,” उनले भने, “हामीले दैनिक जीवनशैलीमा परिवर्तन ल्याउन सके मात्रै वातावरण संरक्षणको लक्ष्य हासिल गर्न सकिन्छ।”

कार्यक्रममा सहभागीहरूले शुक्लाफाँटा क्षेत्रका सिमसार, तालतलैया र चराको बासस्थान संरक्षणका लागि दीर्घकालीन योजना, प्रभावकारी व्यवस्थापन तथा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।

ताजा खबर

Ideale Casinos, die Neteller Zahlungen akzeptieren

Play Roulette High Roller Online: A Comprehensive Guide

Roletinha Ganha Dinheiro: Tudo o Que Você Precisa Saber

The Ultimate Guide to 5$ Minimum Deposit Casinos

Discovering the Best ESA Letter Site According to Reddit Users

The Ultimate Guide to Play Free American Roulette Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ

जमुना न्युरे,धनगढी । कैलालीमा लोपोन्मुख सालकको खपटासहित दुई जना पक्राउ गरिएको छ ।बर्दगोरिया गाउँपालिका–६ को मुढाबाट बिहीबार संरक्षित वन्यजन्तु सालकको खपटासहित दुई जनालाई पक्राउ गरिएको

अझै पढ्नुहोस्