TRENDING
Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər
Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi
Next
Prev

सुदूरपश्चिममा २-टन क्षमताको ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक

शेयेर गर्नुहोस

धनगढी — महिन्द्राले सुदूरपश्चिमको धनगढीमा २-टन भार क्षमताको नयाँ ‘बोलेरो म्याक्स पिक-अप’ सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले सोमबार धनगढी स्थित ठाकुर मोटर्स प्रालि महिन्द्र शोरुममा एक विशेष कार्यक्रममा गाडी सार्वजनिक गरेको हो।

नयाँ पिक-अप ‘HD 1.7 LX’ र ‘HD 2.0L SXi’ गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। HD 1.7 LX को मूल्य २९ लाख १५ हजार रुपैयाँबाट सुरु हुने भने HD 2.0L SXi को मूल्य ३२ लाख १५ हजार रुपैयाँबाट सुरु हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार, बलियो बनावट, उच्च लोड क्षमता र सहज ड्राइभिङ अनुभवका कारण यो पिक-अप नेपाली बजारका साना कमर्सियल प्रयोगका लागि उपयुक्त हुनेछ। ग्रामीण तथा दुर्गम सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको यस गाडीले कृषि, निर्माण तथा ढुवानी क्षेत्रमा विशेष उपयोगिता दिने विश्वास गरिएको छ।

HD 2.0L भेरियन्टमा १० फिट लामो कार्गो बेड र २-टन क्षमता रहेको छ भने HD 1.7 मा १.७ टन क्षमता र ९ फिट कार्गो विकल्प उपलब्ध छ। दुवै मोडेलमा उन्नत m2Di इन्जिन र मजबुत च्यासिस संरचना प्रयोग गरिएको छ।

महिन्द्राले यस पिक-अपमार्फत नेपाली कमर्सियल सवारी बजारमा आफ्नो पकड अझ मजबुत बनाउने लक्ष्य लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Скачать Aviator игру на деньги: почему это так популярно в Казахстане

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet coin ne işe yarar? Uzmanlardan ipuçları və stratejilər

Mostbet APK Yüklemesi və Əlaqədar Suallar: FAQ Bölməsi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

आज धनगढीबाट सुदूर पहाडका तीन जिल्लामा परीक्षण उडान हुने

धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। परीक्षण उडानको उद्घाटनका

अझै पढ्नुहोस्
समाचार

बेहडाबाबा मन्दिरमा आकाशबाट पुष्प वर्षा, लाखौँ भक्तजनले गरे दर्शन

धनगढी, २५ फागुन कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रिको अवसरमा आज हेलिकोप्टर प्रयोग गरेर आकाशबाट

अझै पढ्नुहोस्
राजनीति

रेशम चौधरीको रिहाइ माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सत्ति / जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।मंगलबार प्रधानमन्त्री

अझै पढ्नुहोस्