उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्रीमा- भट्ट

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका प्रदेश सभा सदस्य शिवराज भट्टलाई दिने निर्णय गरिएको छ।


सोमबार नेपाली कांग्रेसका संसदीय दलका नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले भट्टलाई मन्त्री नियुक्त गर्ने निर्णय सर्वसम्मत रूपमा गरेको हो।


भट्ट बैतडी प्रदेशसभा (ख) बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुहुन्छ। यसैबीच, बैठकले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि गठन भएको संघीय सरकारलाई पनि बधाई ज्ञापन गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई सफल कार्यकालको शुभकामना दिने निर्णय हो ।


त्यसैगरी, बैठकले आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माणका लागि आवश्यक सल्लाह सुझाव दिन तीन सदस्यीय बजेट सुझाव समिति गठन गरेको छ। संसदीय दलका प्रमुख सचेतक बिक्रम सिंह धामीको संयोजकत्वमा गठित उक्त समितिमा गीता कुमारी चौधरी र पदमबहादुर शाही सदस्य रहनुभएको छ।

ताजा खबर

PayPal Slots Reviewed for Australian Players

Genießen Kostenlose Slot-Spiele Online

Proč v Maxa Casino těší hráče klastrovým vyplácením?

Beste Online-Casinos, die Mastercard akzeptieren: Ein umfassender Überblick

Les meilleures méthodes pour choisir un casino online France sécurisé

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार उपाध्यायद्वारा लिखित पुस्तक’द्वन्द्व पत्रकारिताको एक दशक’ विमोचन

काठमाडौं – पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित पुस्तक ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तक विमोचन गरिएको छ। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्व पत्रकारिताको एक

अझै पढ्नुहोस्