टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गरिका छन् ।
टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गर्ने क्रममा शुक्रबार टीकापुरमा वडा नं. १ र २ लाई साक्षर घाेषणा गर्दै ९ वटै वडाहरु साक्षर घाेषणा गरिएका हुन । विहिवार वडा नं. ३, ४, ५, ६, ७, ८ र ९ लाई साक्षर घाेषणा गरिएको थियाे । शनिबार ४ गते टीकापुर नगरपालिकालाई साक्षर घाेषणा गर्ने कार्यक्रम रहेकाे टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बताउनुभयो । कार्यक्रममा साक्षर घाेषणा भएका वडाहरुलाइ प्रमाण पत्र समेत प्रधान गरिएको थियाे ।

वडाहरु साक्षर घाेषणा कार्यक्रम सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाकाे अध्यक्षता भएको थियाे भने टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीकाे स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बाल कल्याण संघका नैन तारा श्रेष्ठ, शिक्षक यज्ञराज ज्ञावाली, खड्ग स्मृति मा.वि. का प्रधानध्यापक केशर बहादुर रावल, नगर शिक्षा समितिका सदस्य सुर्या देवि भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम संचालन कर्णाली मा.वि. टीकापुरका प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुरमा नागरिक उन्मुक्ति पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण

टीकापुर/ टीकापुरमा नागरिक उन्मुक्ति पार्टीले प्रशिक्षण कार्यक्रम गरेकाे छ ।शनिबार टीकापुरमा नागरिक उन्मुक्ति पार्टीको आयाेजनामा जनप्रतिनिधिहरुलाइ प्रशिक्षण कार्यक्रम गरेकाे हाे । प्रशिक्षण कार्यक्रको नागरिक उन्मुक्ति

अझै पढ्नुहोस्
समाचार

लामो समय सम्म पानी नपरेकोले आगलागी बढ्दो

जमुना न्युरे,धनगढी /लामो समय सम्म पानी नपर्दा अहिले तराइका फाट मा रहेका सामुदायिक वन होस यात पहाडका भिर पाखामा रहेका सामुदायिक तथा राष्ट्रिय वनहरुमा दिन

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा पत्रकार महासंघको स्थापना दिवसमा सुदृष्टि आँखा केन्द्रको निःशुल्क चेकजाँच

धनगढी /धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरमा रहेको सुदृष्टि आँखा केन्द्रले आज शुक्रबार पत्रकारहरुको निःशुल्क आँखा चेकजाँच गरेको छ । पत्रकार महासंघको ६९ औँ स्थापना

अझै पढ्नुहोस्