टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गरिका छन् ।
टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

टीकापुर नगरपालिकाका सबै वडाहरु साक्षर घाेषणा गर्ने क्रममा शुक्रबार टीकापुरमा वडा नं. १ र २ लाई साक्षर घाेषणा गर्दै ९ वटै वडाहरु साक्षर घाेषणा गरिएका हुन । विहिवार वडा नं. ३, ४, ५, ६, ७, ८ र ९ लाई साक्षर घाेषणा गरिएको थियाे । शनिबार ४ गते टीकापुर नगरपालिकालाई साक्षर घाेषणा गर्ने कार्यक्रम रहेकाे टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीले बताउनुभयो । कार्यक्रममा साक्षर घाेषणा भएका वडाहरुलाइ प्रमाण पत्र समेत प्रधान गरिएको थियाे ।

वडाहरु साक्षर घाेषणा कार्यक्रम सामाजिक विकास समितिका संयाेजक तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्लाकाे अध्यक्षता भएको थियाे भने टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे ।

टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नरेश अवस्थीकाे स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रममा टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चाैधरी विशिष्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बाल कल्याण संघका नैन तारा श्रेष्ठ, शिक्षक यज्ञराज ज्ञावाली, खड्ग स्मृति मा.वि. का प्रधानध्यापक केशर बहादुर रावल, नगर शिक्षा समितिका सदस्य सुर्या देवि भट्टराई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे । कार्यक्रम संचालन कर्णाली मा.वि. टीकापुरका प्रधानध्यापक धर्मराज शर्माले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !