TRENDING
Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco
Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos
1xbet – официальный сайт 1хбет (2025)
1xbet – официальный сайт 1хбет (2025)
Next
Prev

10 बुदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको केन्द्रिय मिटिङ सम्पन्न

शेयेर गर्नुहोस

मितिः२०८०।१२।१७
प्रेस विज्ञप्ति
नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक अध्यक्ष शिव लम्सालको अध्यक्षतामा मिति २०८० चैत १७ गते सुनसरी जिल्लाको इटहरीमा सम्पन्न भएको छ । केन्द्रीय समिति बैठकले तपसिलअनुसारको १० बुँदे प्रेस युनियन सुनसरी घोषणा पत्र जारी गरेको छ ।
१.नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील बनाउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखाहरूलाई परिचालन गर्ने ।
२.पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’मा जिल्ला शाखाहरू, प्रतिष्ठान शाखा, उपशाखा र प्रदेश समितिलाई परिचालित गरी प्रशिक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने ।
३.नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग छ । पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । सदस्यता र मतदाता नामालीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियन आग्रह गर्दछ । पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशनहरू गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने युनियनको ठहर छ ।
४. नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशंक छ । संस्थापक सभापतिको विषयमा पत्रकार महासंघको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहँदै कुनै प्रकारका विवाद सिर्जना नगर्न सम्बद्ध सबै पक्षलाई युनियन आग्रह गर्दछ ।
५.श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित रहेको छ । विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारहरुले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयनसमेत हुन नसकेको विषयमा युनियनको ध्यानाकर्षण भएको छ । श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन र कानुनमा भएको व्यवस्था अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियन आग्रह गर्दछ ।
६. सञ्चार माध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन, सञ्चारमाध्यम दर्ता र आबद्धतालाई

सहज र सहुलियतपूर्ण बनाउन स्वरोजगारमुलक सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न युनियन आग्रह गर्दछ । साथै, अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गारउन समेत युनियन जोडदार माग गर्दछ ।
७. सञ्चार माध्यमहरुले पनि आचारसंहीता पालना गर्दै विश्वसनीय र जिम्मेवार कन्टेन्ट प्रकाशन तथा प्रशारणमा ध्यान दिन युनियन आग्रह गर्दछ । सञ्चारमाध्यममा सहभागिता र समावेशितालाई जोड दिने र समाचार कन्टेन्टमा पनि विविधता ल्याउने गरी प्रोत्साहनको नीति ल्याउन नेपाल प्रेस युनियन जोडदार माग गर्दछ ।
८.समग्र सूचना प्रविधि क्षेत्रको विकास, व्यवस्थापन र नियमनसहित व्यक्तिगत तथ्यांक संरक्षण एवम् साइबर सुरक्षा र साइबर अपराध लगातयका विषयलाई नियमन नर्ग सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदाप्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ । संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनियताको हक लगायत अनेकौँ मौलिक हक हनन् हुने गरी र कयौँ अस्पष्टतासहित तयार उक्त विधेयक मस्यौदा तयार भएकाले यसतर्फ सचेत रहँदै संविधानप्रदत्त हकको सुरक्षा गर्न र सुनिश्चित गर्न युनियन जोडदार माग गर्दछ ।
९.सुनसरीको प्रसिद्ध बराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सम्पदा संरक्षण, सम्वद्र्धन र आवश्यक पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउँछ । साथै, आगामी चैत २७ गतेदेखि एक महिनासम्म चल्ने महाकुम्भ मेलामा सहभागी हुन र मेलाको आवश्यक प्रचारसमा सघाउन सञ्चारकर्मीलाई आग्रह गर्दछ ।
१०.नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने नेपाल प्रेस युनियन सुनसरी शाखालाई विशेष धन्यवाद ज्ञापन गर्दछ ।

दिलीप पौडेल
महासचिव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

1xbet – официальный сайт 1хбет (2025)

Betify Casino en Ligne | Jouez sur Betify avec 1000 €

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

किसान सहकारीले गर्याे दुई  जना सेयर सदस्यकाे ऋण मिनाह

धनगढी/किसान बहुउद्देश्यीय  सहकारी संस्थाले  दुई जना  सेयर सदस्यकाे ऋण मिनाह गरेकाे छ । सहकारीकाे फूलवारी शाखाले  धनगढी-१८का दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे हाे

अझै पढ्नुहोस्