५ दिन बितिसक्दा पनि भएन निर्वाचन नेतृत्व चयनका लागि

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/नेकपा एमाले कैलालीको अधिवेशनमा जात्रा भएको छ । फागुन ६ गते शुरु भएको अधिवेशन ५ दिन बितिसक्दासम्म सम्पन्न हुन सकेको छैन । पार्टी अध्यक्ष केपी सर्मा ओलीले उद्घाटन गर्दै अधिवेशन २ दिनभित्र सम्पन्न गर्न निर्देशन दिइएको भएपनि ५ दिनसम्म मतदान शुरु हुन सकेको छैन । उनले सहमति भए आइतबार नै नभए सोमबार बिहानै निर्वाचन गर्न निर्देशन दिएका थिए ।


अधिवेशनको पाँचौ दिन तेश्रो पटक सुचना जारी गर्दै बिहीबार दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म नेतृत्व चयनका लागि मतदान हुने तय गरिएको थियो तर साढे ५ बजे निर्वाचन कमिटीले सूचना जारी गर्दै अर्काे सूचना जारी नभएसम्म मतदान स्थगित गरिएको जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले अर्काे सूचना जारी नभएसम्ममा लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जारी सूचनामा उल्लेख गरेका छन् ।

यसअघि मंगलबार र बुधबार पनि मतदानको तालिका सार्वजनिक गरिएको थियोे तर अन्तिम समयमा आएर स्थगित गरिएको थियो । बिहीबार पनि मतदान हुने प्रतिक्षामा रहेका अधिवेशन प्रतिनिधिले अन्तिम समयमा आएर निर्वाचन कमिटीले स्थगित गरेपछि मतदान हुनुपर्ने माग गर्दै नाराबाजी समेत गरेका छन् । तर निर्वाचन कमिटीले भने प्राविधिक कुरा मिलाउनुपर्ने भएकाले समस्या भएको बताउँदै आइरहेको छ । एमालेका केन्द्रीय स्तरका नेताहरू केन्द्रीय कमिटि बैठकमा सहभागी हुन काठमाडौ गएका कारण पनि मतदानको प्रक्रिया प्रभावित भइरहेको जिल्लाका नेताहरू बताउँछन् । कैलालीमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन् । सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन् । उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट, नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ । त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Výhodná príležitosť pre hráčov s kasínom spinwinera a rýchle výhry online

Umfassende Lösungen für kreative Projekte und die Integration von spinania in moderne Konzepte

Exclusive access and play regal transform your gaming experience today

Rozrywka online od automatów do ruletki dzięki nv casino to świetna zabawa

Süße Köstlichkeiten und honey betz eröffnen vielfältige Genusswelten für Feinschmeckerinnen

Slotornado: Tijdloze Spelervaringen op de Gokautomaten

सम्बन्धितखवर

छुटाउनु भयो कि !