हिउँदमा पहिलो पटक डल्फिन देखा परे

शेयेर गर्नुहोस

सुखड/कैलालीको पथरैया र मोहना नदीमा हिउँदमा दुर्लभ डल्फिन पहिलो पटक देखा परेका छन् ।  टीकापुर नगरपालिका–७ बैदीस्थित डल्फिन संरक्षित क्षेत्रमा हिउँदमा पहिलो पटक डल्फिन देखा परेका हुन् ।

जलपन्छी गणनाको अवसर पारेर आज नदीमा जलपन्छी अवलोकन गर्न जाँदा मोहना नदीका र पथरैयाको दोभान र पथरैया नदीमा दुई वटा डल्फिन देखा परेको संरक्षणकर्मी एवम् डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले जानकारी दिए। 

‘यो क्षेत्रमा हिउँदमा जीवनमै पहिलो पटक डल्फिन देखेँ’, उनले भने । वर्षा याममा भने सो क्षेत्रमा सजिलै धेरै डल्फिन देख्न सकिन्छ । तर, बर्खा सकिएसँगै पानीको सतह घट्दै गएपछि डल्फिनहरु गहिराई खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गरेका छन् । 

अहिले नदीमा पानीको गहिराई एक मिटरमात्रै रहेको अवस्थामा दुर्लभ डल्फिन आउनु निकै खुशीको कुरो रहेको ढुङ्गानाले बताए । उनका अनुसार केही दिन अगाडि रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पानी पथरैया नदीमा आएको थियो । जसको कारण पानीको सतह अलिकति बढेकाले डल्फिन आइपुगेको हुन सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Inversiones seguras y rentables, ¿spingranny es fiable? Guía completa para inversores novatos y experimentados

Fantastyczne możliwości gier i bonusów czekają w świecie spinbara casino online

Étonnante opportunité de gagner gros avec winbeatz casino et des promotions exclusives en ligne

Moderne Soundsysteme und winbeatz für optimalen Hörgenuss im Alltag

Essentielle assistance musicale avec winbeatz avis et création sonore innovante

Jackpot Raider: A Guide to High-Stakes Slot Machines and Game Strategies

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदूरपश्चिममा दिगो वन व्यवस्थापनमा नहुँदा , समाधान खोज्दै उपभोक्ता सडकमा

धनगढी/सुदूरपश्चिम प्रदेशका सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूले आफ्नो अधिकार सुनिश्चितता र दिगो वन व्यवस्थापन कार्यान्वयनको माग गर्दै शुक्रबारदेखि धर्ना कार्यक्रम सुरु गरेका छन् ।

अझै पढ्नुहोस्