राष्ट्रपति रनिङ प्रतियोगिताकाे उपाधी धनगढी उपमहानगरपालिकालाई

शेयेर गर्नुहोस

धनगढी । कैलाली जिल्ला स्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले लिएको छ । धनगढी रंगशालामा सम्पन्न भएको प्रतियोगितामा धनगढी उपमहानगरपालिका ४५ पदक सहित प्रथम भएको हो ।

धनगढी उपमहानगरपालिकाले ३० स्वर्ण, ६ रजत र ९ कास्य पदक जित्न सफल भएको छ । यस्तै घाेडाघाेडी नगरपालिका दाेस्राे र गाेदावरी नगरपालिका तेस्राे भएकाे छ ।

घाेडाघाेडीले २२ स्वर्ण, १७ रजत र १७ कास्य गरि ५६ पदक र गाेदावरीले ५ स्वर्ण, २४ रजत र १० कास्य गरि ३९ पदक सहित तृतीय भएकाे हाे ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय पालिकालाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । उनिहरुलाइ कार्यक्रमका प्रमुख अथिती घाेडाघाेडी नगरपालिकाका नगरप्रमुख खडक बहादुर र खेलकुदका जिल्ला अध्यक्ष ललित खत्रीले पुरुस्कार बितरण गरेका हुन ।

प्रतियोगितामा सहभागी अन्य पालिकामा लम्किचुहा नगरपालिकाले ८, टिकापुर नगरपालिकाले १६, गाैरीगंगा नगरपालिकाले १७, बर्दगाेरीया गाउँपालिकाले २, जाेशिपुर गाउँपालिकाले ६, माेहन्याल गाउँपालिकाले १०, चुरे गाँउपालिकाले ३, कैलारी गाँउपालिकाले २, जानकी गाँउपालिकाले ७ र भजनी नगरपालिकाले २ पदक जितेका छन् ।

प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो र कराँते विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट भएका विद्यार्थीहरू मध्येबाट प्रदेशस्तरीय प्रतियोगितामा सहभागि गराइने जिल्ला खेलकुद समितिले जानकारीदिएको छ ।

गतबर्षको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि धनगढी उपमहानगरपालिकाले नै जितेको थियो ।

ताजा खबर

Najbardziej efektywne ruletki bonusy: Maksymalizowanie swoich jackpotów w zakładzie hazardowym

Como Ganhar na Roleta: Dicas e Estratégias dos Especialistas

Aplicativo de Roleta Jogo a Dinheiro Real: Tudo o que Você Precisa Saber

Pourquoi le Bonus de Recharge Gransino n’a pas été crédité

Godz Casino Three Card Poker Optimal Play

Genuine insights for newcomers to tonybet and experienced bettors alike

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

आज देखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय

अप्सरा बुढा,टीकापुर/कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)

अझै पढ्नुहोस्