TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

सुदूरपश्चिम स्पोट्र्स अवार्डको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी

शेयेर गर्नुहोस


धनगढी । चैत ७ गते हुने ‘छैठौं सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ लाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गरेको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको प्रतिष्ठित क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)ले मुख्य प्रायोजन गरेसँगै अवार्डको नाम ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८१’ रहने भएको छ ।

मुख्य प्रायोजन सम्बन्धी सम्झौतामा सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रबन्ध निर्देशक सुवाश शाही र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकबीच हस्ताक्षर भयो । सम्झौतापछि एसपीएका प्रबन्ध निर्देशक शाहीले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै आगामी वर्षमा पनि अवार्डसँग जोडिँदै अगाडि बढ्ने बताए ।


यसअघि नै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रबद्र्धकका रुपमा साथ दिन सम्झौता गरिसकेको छ । सोमबार मुख्य प्रबद्र्धन सम्बन्धी सम्झौता पत्रमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य सचिव दीपकवहादुर सिंह र आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष पाठकले हस्ताक्षर गरेका थिए । छैठौं संस्करणको अवार्डमार्फत वर्ष २०८१ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष पाठकले बताए । उनका अनुसार आठ बिधामा अवार्ड प्रदान गरिने छ ।


उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने पाठकले जानकारी दिए । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा सामाजिक सद्भाव कायम रहेको : प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठ

टीकापुर/कैलाली क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रञ्जित श्रेष्ठले टीकापुरमा सामाजिक सद्भाव कायम रहेको बताएकी छन् । टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा सुदूरपश्चिम औद्योगिक

अझै पढ्नुहोस्
समाचार

बडीकेदार धाममा तीन दिन मेला लाग्ने

डोटि/सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा आज,भोली र पर्सि (मङ्सिर ८,९ र १० गते) मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम डोटीका निरज नेपाल आइडलको टप सोह्रमा , भोटको लागि अपिल

धनगढी, ६ जेठ / सुदूरपश्चिम डोटीका निरज विश्वकर्मा नेपाल आइडल सिजन सिक्सको टप १६ भित्र अटाएका छन्। दिपायल सिलगढी ४ राजपुर घर भएका विश्वकर्मा सुदूरपश्चिमबाट

अझै पढ्नुहोस्