सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा १ सय १५ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । “सबै महिला तथा बालिकाको लागी : अधिकार,समानता र सशक्तीकरण” भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको हो । विभिन्न गैर सरकारी संस्थाहरूको समन्वय,सहकार्य तथा घोडाघोडी महिला सञ्जालको सह–आयोजना र घोडाघोडी नगरपालिको आयोजनामा कार्यक्रम भएको थियो ।

दिवसको अवसरमा शनिवार बिहान प्रभात फेरी समेत गरिएको थियो । सुखड चोकबाट राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी निकायका प्रमुख,महिलाहरू, समाजका अगुवाहरू, मानव अधिकार समूहका प्रतिनिधिहरू,आमा समुह,विद्यार्थीहरू तथा सुरक्षा कर्मी प्रभात फेरीमा सहभागी भएका थिए । प्रभात फेरीमा ¥याली बजार परिक्रमा गरी सुखडको हेलिप्याड प्राङ्गणमा पुगेर कोण सभामा परिणत भएको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना मन्तव्य दिएका थिए ।

विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी समयदेखि आजकै दिनलाई महिलाका लागि विशेष दिनका रूपमा मनाइँदै आइएको छ ।

ताजा खबर

Drumul Păsării Peștișori Câștig

La Calle de los Pollos en el Camino del Juego

Das Königliche Pandabecken der Glücksspielwelt

Eierweg zum Glücksspiel auf dem Hinterhof von Las Vegas, der Geheimnisse von Chicken Road enthüllt

Juego de Cámara de Tráfico

Kraj Drozdów 2 – Główny Bonus Przeplatany Wiatrem

सम्बन्धितखवर

छुटाउनु भयो कि !