सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा प्रथम जिल्ला स्तरीय यु–२० वडा अध्यक्ष फुटबल कप प्रतियोगिता–२०८१ हुने भएको छ । वडा नम्बर १ को आर्थिक सहयोग र घोडाघोडी क्लबको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

 ‘हाम्रो गोल लागुऔषध विरुद्धको गोल’ भन्ने मूल नाराका साथ यही चैत्र १५ गते देखी २३ गते सम्म प्रतियोगिता सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

प्रतियोगितामा २० वर्ष उमेर समूहका १३ वटा टिमको सहभागिता रहने घोडाघोडी क्लबका अध्यक्ष होम तामाङ्गले जानकारी दिए ।यस क्षेत्रमा फुटबलको चहलपहल बढाउने, खेलाडी उत्पादन गर्ने,सुदूरपश्चिमलाई खेलकुद पर्यटनको माध्यमबाट चिनाउने र युवाहरूलाई कुलतमा फस्नबाट बचाउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको घोडाघोडी क्लबका अध्यक्ष होम तामाङ्गले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन हुँदा यस क्षेत्रको आर्थिक, सांस्कृतिक,पर्यटन तथा व्यापार व्यवसाय प्रवर्द्धन हुने अपेक्षा आफूहरूले लिएको उनको भनाई थियो । पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरूले प्रतियोगिताको सफलताको शुभकामना दिएका थिए ।  प्रतियोगितामा पहिलो हुने टिमले ५० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोस्रो  स्थान हासिल गर्ने टिमले नगद ३५ हजार सहित ट्रली ,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका खेलहरू नकआउटका आधारमा खेलाइने बताईएको छ । सम्पूर्ण खेलहरू गोल नेपाल बाट प्रत्यक्ष प्रसारण हुने छ ।

खेलहरू घोडाघोडी क्लबको रङ्गशालामा सञ्चालने हुने बताइएको छ । कार्यक्रममा नगर प्रमुख,निमित्त प्रमुख प्रशासकीय अधिकृत, वडा नम्बर १ का वडा अध्यक्ष,सदस्यहरू,घोडाघोडी क्लब पदाधिकारीहरू,विभिन्न क्लबका प्रतिनिधिहरू र अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो । अहिले घोडाघोडी क्लबले नयाँ खेलाडी उत्पादन गर्ने देखी एन्फा सँग सहकार्य गरेर क्लबले काम गरिरहेको छ । विभिन्न ठाउँमा हुने खेल प्रतियोगितामा सहभागी जनाएर क्लबले थुप्रै प्रतियोगिता समेत जित हासिल गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

No Account Casinos: The Future of Online Gambling

Atemberaubende Landschaften und die chickenroad für anspruchsvolle Routenplaner

Rewards and benefits surrounding vegashero deliver ultimate casino experiences

Lexpérience immersive et le need for slots login facilitent laccès aux divertissements numériques modernes

Practical guidance and felix spin for enhanced data workflows

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

बर्दियामा नागरिक उन्मुक्ति पार्टीको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रम , ३५० बढी प्रवेश

बर्दिया /पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पार्टीले आफ्ना गतिविधि

अझै पढ्नुहोस्