सिकलसेल एनिमिया रोगबाट पीडित तारालाई गरे भलन्मसाहरुले सहयोग

शेयेर गर्नुहोस


सुखड/सिकलसेल एनिमिया रोग बाट पीडित कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका तारा कुमारी चौधरीले उपचारका लागी आज घोडाघोडी नगरपालिकाको भलमन्साहरु सहयोगको लागि आर्थिक संकलन गरेका छन्।

सहयोग स्वरूप घोडाघोडी नगर भलमन्सा कार्य समितिले नगद रु २०७२०/- र लावंगी पुजा तथा थारु सास्कृतिक महोत्सव २०८० आयोजना बाट उठेको रकम घोडाघोडी तथा सस्कृति संरक्षण समाज घोडाघोडीले रु १० हजार सहयोग गरेको हो। उक्त संकलन रकम घोडाघोडी नगरपालिका वडा न १को वडा अध्यक्ष तथा नगर प्रबक्ता घनश्याम ओझा ज्यु लाई नगद रकम हस्तान्तरण गरिएको हो।


घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचार गर्न समस्या भएपछि पीडित ३३ वर्षिया तारा कुमारी चौधरी र उनका श्रीमान् छविलाल चौधरीले सहयोगको याचना समेत गर्दै आइरहेका छन्।


उपचारका लागी उनी पैसाको खोजीमा भौँतारिरहेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले छविलाल चौधरीको मोबाइल नम्बर ९७४६२५८४४८, ९८११६४७५५० मा सम्पर्क गर्न वा उनको नाममा कृषि विकास बैङ्क लिमिटेड सुखड कैलाली शाखामा रहेको खाता नम्बर ०८२२३०१५६३३९००११ मा रकम जम्मा गर्न सक्ने छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Einleitung zur Spielmechanik von Chicken Road 2 im Rahmen der Glücksspielindustrie.

Das Glück beginnt bei LuckyStart

Reel Probability in Fiz Online Slots

Glücksspiele mit dem Todesfisch Fugu

Free Online Roulette Video Game: An Ultimate Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !