सामुदायीक वनमा भएको भष्ट्र्र्र्रचार लुकाउनका बाँडीयो रकम

शेयेर गर्नुहोस



जमुना न्युरे,सुखड / कैलाली जिल्लाको चुरे गाउँपालिका वडा न४ बालुवागडामा रहेको शिवपार्वती सामुदायीक वन उपभोक्ता समुहमा आर्थिक अनियमीता भएको पाइएको छ ।


सामुदायीक वनले वार्षीक रुपमा ढलापडा , सुख्खाखडा काठ दाउरा सामुदायीक वनको बिधान अनुसार डिभिजन वनको सहमती कटान आदेश पछि निकाल्न पाइने कानुनी प्राबधान रहेको छ । सामुदायीक वनका पदाधिकारीहरुले डिभिजन वनको सहमती भन्दा बढी रुख काटीएको स्थानियको आरोप रहेको छ ।
सामुदायीक वनले बार्षीक रुपमा कटान गरिएको काठदाउरा बाट समुहले १ करोड ७९ लाख बराबरको वन पैदावर बिक्रीवितरण गरेको स्रोतले बताएको छ ।

यसरी वन पैदावर बिक्रीबितरण गरिएको रकम समुहका पदाधिकारीहरुले हिनामिना गरेको आरोप लागेको छ। सामुदायीक वनको बार्षीक साधारण सभा र सार्बजनिक लेखा परिक्षण गरिएको छैन । सामुदायीक वनको बार्षीक आम्दानी बारेमा न त स्थानिय , न त उपभोक्ताहरुलाइ नै थाहा रहेको छ ।


सामुदायीक वन उपभोक्ता समुहले वन पैदावर बाट आएको आम्दानीको मन परि ढङ्गले खर्च गरेको स्थानिय तथा उपभोक्ता लक्षीराम बि क ले भने सामुदायीक वनले न त सार्वजनिक लेखा परिक्षण गरेको छ न त समुहलाइ जानकारी नै दिएको छ ,मनपरि ढङ्गले आफु खुसी रकम बितरण तथा खर्च गरेको बताए । उनले भने सुर्यमुखी आधारभुत बिधालयलाइ दिइएको २० लाख रुपैया पनि बिधालयको खातामा नभइ बिधालय ब्यबस्थापन समितीको अध्यक्ष भक्त बहादुर तारामीको व्यक्तिगत खातामा हाले पछि सामुदायीक बन पदाधिकारी माथी सकां गर्दै अनियमीतता भएको ठोकुवा गरे । यता स्थानिय काठ ब्यबसायी भरत थापाले सामुदायीक वनको ५७ लाख रुपैया समुहले आफु खुसी दिइएको स्रोतले बताए ।


समुहले आर्थिक पार्दसीकता नगरेको भन्दै अख्तीयार अनुसन्धान केन्द्र टङ्गाल काठमान्डौ र महेन्द्रनगरमा आर्थिक अनीयमीता गरेको भन्दै सामुदायीक वनका अध्यक्ष ,सचिव र कोषाअध्यक्षको नाममा मुद्धा परेको छ । सामुदायीक वनका कार्यसमिती कोषाअध्यक्ष योगेन्द्र चन्दले भने हामी साधारणसभा गरेर ढलापडा काठ सङ्कलन गरेको हो, बिधालयलाइ २० लाख आर्थिक सहयोग गरेको , डिभिजन बनको कटान आदेस स्वीकृत मात्र काठ काटीएको र नेपाल सरकारले काठको बिक्रीबितरण ,सङ्कलनको सुत्र परिमाजित गरेको कारणले कम मुल्यमा काठ दाउरा बिकी्र बितरण भएको चन्दले दाबी गरेका छन् ।

सामुदायीक बनको आम्दानी सार्वजनिक सम्पती भएकोले सामुदायीक वनका पदाधिकारीले व्यक्तिगत रुपमा जथाभाबि खर्च गरेर अनियमीता गरेको पुष्टी भएको छ । बिधालयलाइ दिएको २०लाख रुपैया अध्यक्षले बिधालयको खातामा १६ लाख ८० हजार रुपैया मात्र हालेर ३ लाख २० हजारको हिसाब देखाएका छैन । चुरे गाउँपालिका वडा न ४ वडा अध्यक्ष चन्द्र बहादुर लामिछानेले समुह बाट ८ लाख ६६ हजार रुपैया सापटी दिएको सामुदायाीक वनका अध्यक्ष किसोर बहादुर खप्तडी मगरले बताए । यसरी समुहका पदाधिकारीहरुले मनपरि रुपमा पैसा खर्च गरेका छन ।


घट्नाका बारेमा सबडिभिजन वन कार्यलय खैरालाका प्रमुख मनोज ढकालले भने हामीले अनुसन्धान सुरु गरि सकेका छौ , पटक पटक सार्वजनिक सुनुवाइ गर्न पत्राचार गरिएको , अख्तीयार पत्र पाएका छौ समुहका त्यसको जवाफ मागेका पत्राचार गरेको १० दिन भयो ।

ताजा खबर

The Ultimate Guide to Playing Roulette Platform Online

Entdecken Sie die spannende Globus der Echtcash Online-Glücksspiel-Etablissements

Framtiden för pokersidor utan svensk licens inom spelindustrin

How to File a Complaint at Royalen

Remarkable journeys from beginners to pros with arionplay casino await

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

केराबारिमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ

अझै पढ्नुहोस्