सामुदायिक सहकारी संस्थाले ६० लाख बडी नाफा कमाउन सफल

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला
टीकापुर/टीकापुर नगरपालिका वडा नं. ७ सत्ती स्थित सामुदायिक सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।

शनिबार सत्तीमा सहकारी संस्थाकाे २१ ओै वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।
कार्यक्रममा सहकारी संस्थाले आर्थिक बर्ष २०७७/०७८ मा ६० लाख १० हजार ५ सय ९६ मुनाफा कमाउन सफल भएकाे जनाएको थियाे ।
सहकारी संस्थाका अध्यक्ष हरी कुमार कार्कीकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा सुदुरपश्चिम प्रदेश सभा सदस्य माननीय सांसद डा. रणबहादुर रावल प्रमुख अथिति रहनु भएको थियाे भने टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य रामलाल डगाैरा थारु, वडा नं. ९ का वडा अध्यक्ष लाैटन चाैधरी र वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरी विशिष्ट अथिति रहनु भएको थियाे ।

विशिष्ट अथिति थारुले सहकारी संस्थाले ग्रामीण क्षेत्रका विपन्न किसानहरुकाे जीवन स्तर उकास्न महत्त्वपूर्ण याेगदान पुर्‍याएकाे बताउदै अब उत्पिडनमा पारीएका विपन्न समुदायको उत्थानका लागि नागरिक उन्मुक्ति पार्टीकाे जन्म भएको दावि गर्नुभयाे । उहाँले उत्पिडनमा परेका वर्ग, क्षेत्र र समुदायले आफ्नो उन्मुक्तिका लागि नागरिक उन्मुक्ति पार्टी राज्नुपर्ने बताउनुभयो ।

सहकारी संस्थाका उपाध्यक्ष दिपक साउंदकाे स्वागत मन्तव्य संगै सुरु भएको वार्षिक साधारणसभामा सुदुर सन्दर्भ न्युज डटकमका प्रवन्ध निर्देशक भिम वि.क., साविक नारायणपुर गाविसका पुर्व अध्यक्ष फकिर सिंह कडायत, साविक धनसिंहपुर गाविसका पुर्व अध्यक्ष जंग बहादुर साउंद, उज्यालो बहुउद्देश्यीय सहकारी संस्था का अध्यक्ष डम्मर घर्तिमगर ,सत्ती कृषि सहकारी संस्थाका अध्यक्ष खड्क प्रसाद भण्डारी , सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धनसिह साउँद ,खानेपानी सरसफाई समन्वय समिति का अध्यक्ष चिरञ्जीवी खनाल , समाजसेवी धर्म घर्ती , रेडक्रसका टाेपबहादुर केसि, समाजसेवी जितराम चाैधरी , शिक्षक जगबिर शाह, लगायतले शुभकामना मनतव्य राख्नु भएको थियाे।

सहकारीकाे वार्षिक साधारण सभामा ४ उत्कृष्ट बचत कर्तालाई सम्मान गरेकाे छ। साथै उत्कृष्ट ऋणि ६ जना , उत्कृष्ट कृषक २ जना , लघु कर्जाबाट १ जना , जेष्ठ नागरिक ७ जना जेहेन्दार बिद्यार्थी ३ जना समेत सम्मान गरिएकाे थियाे ।

२०५७ सालमा स्थापना भएको यस सहकारीले यस आर्थिक बर्ष २०७७/०७८ मा ११ कराेड ६८ लाख ९५ हजार ८ सय ४१निक्षेप संकलन गरेकाे बताइएको छ । हाल सहकारीमा महिला ५७५ जना र पुरुष ११०५ जना गरि १६८० जना शेयर सदस्य रहेका छन । कार्यक्रमकाे संचालन सहकारी संस्थाका सचिब मनिराम ढुङ्गानाले गर्नुभएकाे थियाे ।

ताजा खबर

Free Online Blackjack: A Comprehensive Guide for Athletes

Top Online Slots: A Guide to the most effective Gamings in the Online Casino Globe

The Ultimate Guide to Mobile Roulette for Android Australia Instant

Top Neteller Online Casino Sites: A Comprehensive Guide for Gamblers

Free Offline Slot Machine: Enjoy Gambling Enterprise Gamings At Any Time, Anywhere

सम्बन्धितखवर

छुटाउनु भयो कि !