दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे १५ ओै साधारणसभा सम्पन्न

शेयेर गर्नुहोस

माेहित श्रीपाइली,
टीकापुर/टीकापुर नगरपालिका वडा नं. ८ बटनपुर स्थित दिगाे विकास बचत तथा ऋण सहकारी संस्थाकाे साधारणसभा सम्पन्न भएको छ ।
शनिबार बटनपुरमा सहकारी संस्थाकाे १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको हाे ।

सहकारी संस्थाका अध्यक्ष गाेविन्द कठायतकाे अध्यक्षतामा भएको वार्षिक साधारणसभामा टीकापुर नगरपालिकाका प्रवक्ता तथा वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला प्रमुख अथिति रहनु भएको थियाे भने सहकारी संस्थाका संस्थापक अध्यक्ष खगेन्द्र बहादुर साउंद विशिष्ट अथिति रहनु भएको थियाे ।

सहकारी संस्थाका उपाध्यक्ष जमुना वि.क.काे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा सुदुर सन्दर्भ न्युज डटकमका प्रवन्ध निर्देशक भिम वि.क., उज्यालो सहकारीका उपाध्यक्ष शशी श्रेष्ठ , समाजसेवी तथा शिक्षक भिम महर, त्रिभुवन माविका प्रचार्य रबिन्द्र कठायत, खड्का माविका प्रचार्य केशर बहादुर रावल, समाजसेवी पदमराज जाेशि, समाजसेवी शेर बहादुर साउंदलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियाे ।

सहकारीका संस्थाका काेषाध्यक्ष शेर बहादुर बुढाले आय व्यय प्रस्तुत गर्नु भएको थियाे । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ९ लाख, १२ हजार ७६८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । भने ५ कराेड ९४ लाख ९४ हजार ८५५ रुपैयाँ बरावरकाे काराेवार गरेको जनाएको छ ।

असल बचत कर्तामा झुप्री देवि साउंद र अप्सरा देवि खत्री, आशा साउंद र पुनम चाैधरीलाई सम्मान गरेकाे थियोे । असल ऋणिमा राम कृष्णी चाैधरी र सामाजिक अभिन्ता ओम साउंदलाई सम्मना गरिएको थियाे । कार्यक्रम सन्चालन सहकारी संस्थाका सचिव रतन बहादुर टमट्टाले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर सरोकार समुहको दशै मिलन तथा सम्बाद कार्यक्रम

टीकापुर/ टीकापुर सरोकार समुहले साेमबार दशै मिलन तथा सम्बाद कार्यक्रम गरेकाे छ । सुदुर पश्चिम प्रदेश सभाका कङ्ग्रेस संसदीय दलका नेता डा. रणबहादुर रावल लगाएत

अझै पढ्नुहोस्
समाचार

जनसम्पर्क समितिद्वारा डोटेली कान्छालाई अभिनन्दन

जमुना न्युरे/नेपाली जनसम्पर्क समिति दक्षिण भारत क्षेत्रीय कार्यालयद्वारा आज नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य एवं भाषा साहित्य कला संस्कृति बिभाग प्रमुख युवा नेता सुरत

अझै पढ्नुहोस्