सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका वडा८ मा सामान्य टाउको दुखाइले मेडिकल गएका युवाको मृत्यु भएको छ । सोमबार बिहान नजिकैको दहित मेडिकलमा टाउको दुख्यो भनेर उपचारका लागि गएका घोडाघोडी ८ का ३३ वर्षीय नीरज बहादुर शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक रमेश अवस्थिले जानकारी दिए ।

शाहीलाई मेडिकलका ल्याब असिस्टेन्ट महावीर चौधरीले एउटा सिरिन्ज दिएका थिए । मेडिकलमा सँगै उपचार गराई रहेका प्रत्यक्षदर्शी खडक बहादुर साउँदले सिरिन्ज दिएको केही मिनेटमै शाहीको मृत्यु भएको बताए ।


साउँदका अनुसार, उनि पनि झाडापखालाको उपचार गराई रहेका थिए । उपचारको क्रममा ल्याब असिस्टेन्ट चौधरीले निरजलाई सिरिन्ज लगाए । सिरिन्ज लगाए लगत्तै नीरजको मुखबाट फिँज निस्कन थाल्यो । अवस्था गम्भीर देखिएपछि ल्याब असिस्टेन्ट चौधरीले कृत्रिम श्वास दिने प्रयास गरे, तर केही समयमै नीरजको मृत्यु भयो ।


मृतकका ससुरा रामबहादुर शाहीका अनुसार बिहान घरबाट निस्कँदा निरजले टाउको दुखेको भन्दै आफैँ मोटरसाइकल चलाएर मेडिकल गएका थिए । तर केही समयमै ज्वाइँको मृत्यु भएको खबर आयो, जुन विश्वास गर्नसमेत कठिन लागेको शाहीको भनाई छ ।
सो क्षेत्रका बासिन्दाहरु उपचारका लागि दहित मेडिकलमै जाने गर्दछन । उपचारमा संलग्न ल्याब असिस्टेन्ट चौधरी घटनापछि फरार रहेका छन् । मेडिकल सञ्चालक भने कामको सिलसिलामा बाहिर थिए । घटनाबारे थप अनुसन्धान गरिने इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक अवस्थिले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the X3Bet Online Casino Slot Experience

ZoloBet Casino Game Selection and Betting Options Explained

BetX Casino: Rechtelijke Bescherming van Spelers in Online Gokverenigingen.

Fette Früchte Casino: Spielsucht, Glück und Risiko – Ein Überblick über das Online-Glücksspiel in Deutschland

Rozegranie w GrasieSpota Kasyna: Przegląd Otozarów i Stawek

Azzardo Online con Betcave Casino, Scegli il tuo Gioco Preferito

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्