भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

शेयेर गर्नुहोस

सुखड/लस्करै खाना पकाउन चुलो लगाइएको थियो । कोही खाना पकाउन व्यस्त देखिन्थे भने कोही खाना भाग लगाउन व्यस्त देखिन्थे । छेउमै थारु समुदायले गाउने ‘सजना’ सुदैया या र रामबिलास चौधरी गीत गाउनमा व्यस्त थिए ।


यो दृश्य हो खुला चौरमा बसी अबेर घर फर्किएका कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुरका थारु समुदायको । सोमबार नारायणपुरका एक सय ७१ परिवार दिनभरि खुला चौरमा बसेर पूजा गरी खानपिनसँगै रमाइलो गरेर अबेर घर फर्किए । केही दिनअघि घोडाघोडी एक श्रष्टिनगरका थारु समुदाय पनि खुला चौरमा बसी त्यहीँ खानपिन गरेर बेलुका घर फर्किए ।


खुुलाचौरमा थारुहरूको महत्त्वपूर्ण पूजा भजहर मनाउन बसेका देखिन्थ्ये उनीहरू । अहिले कैलाली, कञ्चनपुरलगायत थारु समुदायमा भजहरको रौनक छाएको छ । हरेक स्थानमा फरकफरक दिनमा भजहर बस्ने गरिन्छ ।


घोडाघोडी नगरपालिकामा वैशाख २० गतेभित्र सबै गाउमा सक्नेगरी भजहर मनाउने निर्णय भएको घोडाघोडी नगरपालिकाका नगर भल्मन्सा समितिका सचिव अमन चौधरीले जानकारी दिए । वैशाखमा मनाइने यो पर्व थारु समुुदायले गर्ने पूजामध्ये एक हो ।


“यो पूजासँगै थारु समुदायमा लवाङ्गी पूजा, हरहर पूजा गर्ने गरिन्छ । लवाङ्गी र हरहर पूजा अन्नबालीसँग जोडिएको हुन्छ भने भजहर गर्मीयाम सुरु भएसँगै विभिन्न रोगव्याधीले सताउने हुँदा त्यस्ता रोग व्याधी नलागोस् भनेर पूजा गरिन्छ । भजहरको दिन बिहानै गुरुवामार्फत नवदुर्गाको पूजा गरिन्छ”, नगर भल्मन्सा बुधराम चौधरीले बताए ।


दुर्गालाई खुसी पार्न पशुपक्षीको बलि दिने, गुरुवाले आफ्नो जिब्रो छेडेरे देवीलाई रगत चढाउने परम्परा रहेको उहाँले जानकारी दिए । यसरी महामारी, रोगव्याधी हट्ने मान्यता रहेको उनले बताए ।
पूजाका लागि गाउँका सबै जना मिलेर पैसा सङ्कलन गरी भेडा, पाठो , सुँगुर र कुखुरा बलि दिने गरिन्छ । भजहरमा दुर्गालाई पूजा गरे सुुखशान्ति छाउने र कुनै पनि महामारीले नछुने गुरुवा पञ्चराम चौधरीले बताए ।

“भजहर मनाउने परम्परा भने पहिले र अहिलेमा फरक भएको छ । पहिले नौदेखि सात दिनसम्म भजहर बस्ने गरिन्थ्यो । अहिले एक दिनमात्रै बस्ने गरिन्छ । कतिपय समुदायमा अहिले पनि पाँच दिन, तीन दिन र साढे दुई दिन पनि बस्ने गरिन्छ”, उनले भने ।

भजहरको सुरुआत कसरी भयो भन्ने कुरामा विभिन्न जानकारहरूका छुट्टाछुट्टै कथा र मान्यताहरू रहेका थारु संस्कृतिका अध्येता डा रामप्रसाद चौधरीले बताए । धेरै किंवदन्तीमध्ये भजहर रामायणसँग जोडिएको प्रसङ्ग विशेष रहेको उनले जानकारी दिए ।
रावणको कब्जाबाट अयोध्या ल्याएपश्चात् जब रामले गर्भवती सीतालाई पुनःवनबास पठाउँछन् त्यतिबेला अयोध्यावासीले उहाँलाई घर बाहिर भोजन भण्डारा गराउँछन् । सोही कुराको स्मरण गर्दै थारु समुदायमा भजहर मनाउने चलन परम्परादेखि चल्दै आएको डा चौधरीले बताए ।


सीताको किंवदन्तीसँग जोडिएको भजहरमा विस्तारै गुुरुवाहरूले दुर्गाको पूजाआजा गर्ने चलन जोडिँदै गएको डा चौधरीले जानकारी दिए । उनका अनुुसार विशेषगरी गर्मीयाममा विभिन्न रोग र महामारीको प्रकोप आउने हुँदा त्यसबाट बच्नका लागि माता सीतासँगै दुर्गाको पूजा आराधना गर्दै भजहर मनाइने गरिन्छ । यसोगरे सम्पूर्ण महामारीबाट मुक्त हुने थारु समुदायको विश्वास छ ।


थारु समुदायको देवीदेवता पुज्ने, गाउँलाई महामारीबाट मुक्त गर्ने, झारफुक गर्ने, भूतप्रेतलगायत अनिष्टबाट बचाउन हरेक गाउँमा गुरुवा हुन्छन् । गाउँमा दुःख विमार एवं ठूलो विपत्ति आइपर्दा गाउँका भलमन्साले गुरुवालाई बोलाएर ठीक पार्ने गर्दथे । भजहर बसेन भने ठूलो विपत्ति आउने, महामारी र रोगव्याधीले सताउने मान्यता रहेको घोडाघोडी नगरपालिका वडा नं ३ कि भलमन्सा सीताबी कठरीयाले बताइन ।


महिलालाई खुसी राख्नसके परिवार र गाउँ समाज सुखी हुने विश्वासका साथ पनि भजहरलाई हेर्ने गरिन्छ । घरधन्दा र खेतीपातीमा व्यस्त महिला स्वतन्त्र रूपले घुम्न नपाउने अवस्थामा भजहरले सबैलाई एक ठाउँमा जम्मा हुने अवसर जुटाउने गर्दछन् ।


भजहरमा सबैजना जम्मा भएर एकअर्काका सुुखदुुःख साट्ने गरेको भजहरमा सहभागी घोडाघोडी नगरपालिका–३ सुधिया देवी चौधरी बताइन । भजहरका बेला गाउँका सबै महिला दिदीबहिनी एक ठाउँमा जम्मा हुने, स्वतन्त्र रुपमा आफ्ना सुखदुःखका कुरा साटासाट गर्ने, सँगै पकाउने खाने, नाचगान गर्ने र खुला आकाशमुनि सुतेर रमाइलो गर्ने परम्परा रहिआएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Tagestouren am Daytonaspin-Rad

Pratiche innovative e soluzioni moderne per una coinvolgente ice fishing demo in ambiente alpino

Reliable platforms offering ξενα καζινο χωρισ ταυτοποιηση and secure gaming experiences abound

Complex strategies involving lizaro and modern gaming development techniques

सम्बन्धितखवर

छुटाउनु भयो कि !