TRENDING
Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?
1x Казино Зеркало: Пошаговый гид для новичков
Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii
Real Cash & Demo Mode
Next
Prev

श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा सरकार उदासिन भएको आरोप

शेयेर गर्नुहोस

कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज मिति २०८० मंसिर १० गते नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि छलफल भएको छ । छलफलमा सहभागीहरुले ऐन बनेको ३ दसक बित्दा पनि कार्यान्वयन नहुँदा पटक पटक समस्या देखिने गरेको बताए ।


महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले सरकारले ऐन कार्यान्वयन गराउन उदासिन भएको बताए । कान्तिपुरको श्रम समस्याका बारेमा महासंघले प्रेस रजिष्ट्रारको कार्यालयका साथै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई भेटेर कार्यान्वयनका लागि आग्रह गरे पनि बेवास्ता गरिएको बताए । प्रेस रजिष्ट्रार नियुक्ति, न्यूनतम पारिश्रमक कार्यान्वयन र नयाँ पारिश्रमिक राजपत्रका प्रकाशन तथा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि सञ्चारगृहलाई दवाव दिन महासंघले पटक पटक गरेको आग्रहलाई सरकारले बेवास्ता गरेको उनले बताए ।


श्रमजीवी पत्रकार संघका अध्यक्ष एवं नेपाल पत्रकार महासंघका श्रम समितिका सदस्य जन्मदेव जैशीले कान्तिपुरमा जारी आन्दोलन दवाउन सरकार अग्रसर भएको बताए । श्रमजीवीलाई कानुनअनुसार श्रमको अधिकार स्थापित गराउन भूमिका खेल्नुपर्नेमा कान्तिपुरलाई सहयोग पुग्ने गतिविधि भएकामा उनले सरकारको आलोचना गरे । महासंघका केन्द्रीय सदस्य शिवराज खत्रीले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नहुँदा नेपालका हरेक सञ्चारगृहमा श्रमजीवी पत्रकारले समस्या भोगिरहेका बताए ।

उनले श्रम अधिकार स्थापित गर्न सरकारको भूमिका महत्वपूर्ण हुने बताए । कान्तिपुर आन्दोलन संयोजन समितिका संयोजक एवं महासंघका पूर्व केन्द्रीय सदस्य टिकाराम प्रधानले कान्तिपुरको समस्या समाधानको लागि गैरकानुनी रुपमा निकालिएका पत्रकारलाई कानुनअनुसार पाउने आर्थिक प्याकेज दिनुपर्ने बताए । ‘हामीलाई अपमान गर्ने काम भएको छ, अब पुनर्वहाली भएर त्यहाँ जाँदैनौ, त्यसैले न्यायोचित प्याकेज नदिएसम्म पछि हट्दैनौं,’ उनले भने ।
संघर्षका कार्यक्रम अन्तर्गत भोलि दिउँसो ४ बजे कान्तिपुर कार्यालय थापाथलीमा धर्ना र पर्सि देशैभरका शाखामा ऐन कार्यान्वयनका लागि कान्तिपुरलाई १ रुपैयाँ चन्दा अभियान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Milyen Új Fizetési Módszereket Kínál A Legális Magyar Online Kaszinó?

1x Казино Зеркало: Пошаговый гид для новичков

Strategii de ruletă premium: Cum să câștigi mare cu cele mai bune strategii

Real Cash & Demo Mode

Изучение особенностей приложения Mostbet APK для мобильных беттеров

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

जन जागृती मा.वि.काे ३६ औ वार्षिकोत्सब कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -२ स्थित जनजागृती माध्यमिक विद्यालयकाे बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न भएको छ । आइतबार विद्यालयकाे ३६ ओै बार्शिककोत्सब तथा अभिभाबक दिवश कार्यक्रम सम्पन्न

अझै पढ्नुहोस्
समाचार

अख्तियारद्वारा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।आयोगले आर्थिक वर्ष २०८०/०८१ चौतिसौं वार्षिक प्रतिवेदन प्रदेश

अझै पढ्नुहोस्
समाचार

असफल कामको निरन्तरता होइन, क्रमभंगता आवश्यक छ – सभामुख अर्याल

धनगढी/प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसद र सरकारले काम गर्दा निरन्तरता होइन, क्रमभंगता गर्दै अघि बढ्नुपर्ने बताएका छन् । अन्तरव्यवस्थापिका सम्मेलन २०८३ को शनिबार टीकापुरमा उद्घाटन

अझै पढ्नुहोस्