TRENDING

वन अतिक्रमण हटाएको २ दिन नबित्दै पुन घरटहरा निर्माण भए

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढि/कैलालीमा बिगतदेखि नै तीब्र वन अतिक्रमण दिन दुगुना रात चौगुना को अतिक्रमण बढेको छ । वन कार्यलयले चर्को आवाज र दबाब आय पछि बन कार्यलय सनिबार स्थलगत रूपमा वन अतिक्रमण हटाउनका लागि फिल्डमा पुगेको थियो ।

डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालको नेतृत्वमा शनिबार भजनी नगरपालिकाको वडा न ९ मा रहको जनज्योति सोनिया सामुदायिक बन उपभोक्ता समुह डोङ्गपुरमा अतिक्रमण गरि बनायका घरटहरा हटाउन गयको थियो ।

भदौ महिनाको अन्तिममा आयको कान्द्रा नदिमा आएको बाढिले भजनी नगरपालिका वडा ९ डोङ्गपुर मा आएको बाढीले बिस्थापित गरेको भन्दै १सय ६१ घरपरिवारले सामुदायिक बनमा घरटहरा बनाइ सकेका थिय। डिभिजन बन कार्यलय पहलमानपुर प्रमुख रिजालको नेतृत्वमा बन कर्मचारी , सशस्त्र प्रहरी , नेपाल प्रहरी सयुक्त टोलिले बल प्रयोग गरि अतिक्रमण हटाएको थियो ।

यता सामुदायिक बनले आफ्नो वनक्षेत्रमा बनाइएका अस्थायी घरटहरा हटाउनका लागि समुहले पटक पटक मौखिक तथा लिखित रूपमा जानकारी गरायको समुहका अध्यक्ष सुरेस चौधरीले बताए ।
आफुहरुले उठाउन नसके पछि सब डिभिजन बन कार्यलय पचमुडिया लाई जानकारि गरायको थियो ।सब डिभिजन बन कार्यलयले अतिक्रमीत जमिन खाली गरि दिनका लागि सम्बन्धित ब्यक्तिहरुलाइ २०७९/९/ ९ गते लिखित रूपमा ७ दिने सुचना गरियको सब डिभिजन बन कार्यलय पचमुडिया प्रमुख साह्ययक बन अधिकृत नितेश राज भट्टराईले जानकारी दिय ।

यसरी आफुहरु पटकपटक सुचना दिदा पनि नहटे पछि शनिबार बल प्रयोग गरि अतिक्रमण गरि बनायका घरटहरा हटायको थियो ।यसरी बन कार्यलयले हटाए को २ दिन नपुग्दै पुन घर टहरा निर्माण भइ सकेको सब डिभिजन पचमुडिया प्रमुख भट्टराईले बताए ।

यता भजनी नगरपालिका वडा ७ मा रहेको हिम्तपुर सामुदायिक बन उपभोक्ता समूह बाढी पीडितहरु नाम अतिक्रमण गरेको क्षेत्रमा केही समय अगाडि बन कार्यलयले हटाएको थियो , यसरी आफुहरुले हटाउदा पनि अतिक्रमणकारीहरुले पुन घरटहरा निर्माण गरेका छन् । चिसापानीको ढुङ्गे बजारमा पनि केही समय अगाडी बल प्रयोग गरि बनाइएका घरटहरा हटाइ बन कार्यलयले तारबार गरि सरक्षण गरियको छ भने कतै पुन घरटहरा निर्माण गरि सकेको सब डिभिजन वन कार्यलयका प्रमुख पुर्ण कुमार बिष्टले जानकारी दिए।
तेस्तै केही समय गोदावरी नगरपालिका वडा ३मा रहेको नवज्योति सामुदायिक बनमा अतिक्रमण गरि बसेका बादी बस्तीको घरटहरा बन कार्यलय बल प्रयोग हटायको थियो । तर पनि अहिले त्यो बस्ती दिनप्रतिदिन घरटहरा बनाउने क्रम बढी रहेको सब डिभिजन बन कार्यलय अत्तरिया प्रमुख निराजन कडालले जानकारी दिए ।
यता डिभिजन वन कार्यलय धनगढीको प्रमुख केशवराज पराजुलीले भने कैलालीको बन अतिक्रमण नियन्त्रण गर्न एक्लै बन कार्यलयको प्रयासले सकिँदैन , तिनै तहका सरकार , स्थानीयको सहभागिता , राजनीतिक दल सयुक्त प्रतिबद्धता नभए सम्म हामी सङ्ग भएका सिमित स्रोत साधानले हटाउन नसकिने बताए।

राष्ट्रिय बन तथा सामुदायिक बन अतिक्रमण गर्ने लाई बन ऎन २०७६ दफा ५०को ३ कसुर तथा सजाय अनुसारको ५ बर्ष कैद वा एक लाख जरिवाना तथा दुबै सजाय हुने ब्यबस्था रहेको छ ।तर बन कार्यलयले सो अतिक्रमण गरियको जमिन राष्ट्रिय बन र सामुदायिक बनमा जग्गामा बनायका सरचना हटाउन र प्रयोग गरियका समान जफत गर्ने र अतिक्रमण गर्दा बन पैदावर हटायमा वा हानिनोक्सानी गरेमा पनि सोही ऎन अनुसारको कारबाही हुने डिभिजन बन कार्यलय पहलमान पुरका प्रमुख गोकुल रिजालले बताए ।
अब आफुहरुले पनि कडा रुपमा कानुनी काम गर्दै बन अतिक्रमण हटाउनका लाग्ने बताए ।

घरटहरा भत्किएको ठाँउमा पुन घरटहरा बनाएको लाई अनुसन्धान गरि कानुनी प्रकिया बाट आफुहरुले कारबाही गर्नका लागि सम्बन्धित निकाएमा पत्राचार गरि सकेको रिजालले जानकारी दिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

भजनी समन्वय समितिको बार्षिक साधारण सभा सम्पन्न

जमुना न्युरे,भजनी/भजनी समन्वय समितिको १४ औ बार्षिक साधारण सभा सप्पन्न आज सम्पन्न भएको छ । वनको दिगो ब्यबस्थापन समुदायिक अधिकार साझेदारी सुसासन र हरित अर्थतन्त्र

अझै पढ्नुहोस्
समाचार

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। विश्व शौचालय दिवसको

अझै पढ्नुहोस्

Что такое Mellstroy Game? Mellstroy Game – онлайн‑казино, появившееся в 2023‑м году и уже привлекшее внимание казахстанских игроков.Платформа обещает современный игровой опыт: слоты, настольные игры

अझै पढ्नुहोस्