TRENDING
फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो
Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta
Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille
Next
Prev

मतदाता नामावली मंसिर १७ गते देखि पुनः संकलन गरिने

शेयेर गर्नुहोस

टीकापुर /मंसिर १७ गतेदेखि मतदाता नामावली संकलन सुरु गरिने भएको छ ।

यस अघि मतदाता नामावलीमा नाम समावेश गर्न छुटेकाहरूलाई लक्षित गर्दै निर्वाचन आयोगले पुनः नामावली सकंलन कार्यक्रम गर्न लागेको हो।
७७ वटै निर्वाचन कार्यालय, ७७ जिल्ला प्रशासन कार्यालय र विभिन्न जिल्लाका ४० वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिने निर्वाचन आयोगले जनाएको छ।

नागरिक मताधिकारबाट वञ्चित नहुनका लागि मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगले अनुरोध गरेको छ। आयोगका अनुसार हिमाली र पहाडी जिल्लाका स्थानीय तहमा १० दिनसम्म मतदाता नामावली संकलन कार्य सञ्चालन हुनेछ। त्यस्तै, तराई र काठमाडाैं उपत्यकाका स्थानीय तहमा १५ दिनसम्म सञ्चालन हुनेछ ।

१६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका सबै नागरिकहरूको मतदाता नामावलीमा नाम समावेश गरिनेछ। आफ्नो स्थायी ठेगाना रहेको जिल्लास्थित निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नाम दर्ता गर्न मिल्ने बताइएको छ। त्यस्तै, रोजगारी वा अध्ययनको सिलसिलामा आफ्नो जिल्लाबाहिर रहेका व्यक्तिले अन्य जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । आयोगले नामावली संकलनको लागि देशभर करिब २ हजार ३ सय कर्मचारी खटाएको छ। पौष २० गतेभित्र सबै स्थानीय तहमा मतदाता नामावली संकलन कार्य सम्पन्न भइसक्ने आयोगले जनाएको छ। आयोगले चैत्र ४ गते अन्तिमपटक मतदाता नामावली प्रकाशन गर्नेछ। हाल देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० मतदाता छन्। पुनः सञ्चालन गरिएको कार्यक्रमबाट देशभर करिब १० लाख मतदाता थपिने अनुमान गरिएको छ ।

यसअघि आयोगले कोरोना संक्रमण तथा २०७७ पौष ५ र ०७८ जेठ ८ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति घोषणा भएको कारण मतदाता नामावली संकलन कार्य स्थगित गरेको थियो। साभार : नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

फेकोफनले आफ्नो ३१औँ स्थापना दिवस मनायो

Spinz luotettavuus: Tarkkaa ja Rehellistä Pelikokemusta

Uskollisuusohjelma – Parhaat vinkit ja tiedot online-kasinopelaajille

Mainio Kasino: Online Roulette Expert Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुख्यमन्त्री ,मन्त्री ,प्रदेश सासद र कर्मचारीहरुको रोकियो तलब

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ । प्रदेशमा कार्यरत लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो । वृत्ति विकासको मागसहित आन्दोलनमा

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिमका करार कर्मचारीको माग : “हामीलाई पनि महँगी भत्ता चाहिन्छ”

धनगढी, ८ साउन / सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत विभिन्न निकायमा करार दरबन्दीमा कार्यरत कर्मचारीहरूले आफूहरूलाई महँगी भत्ता तथा सामाजिक सुरक्षामा समावेश गराउन माग गरेका छन्। आर्थिक

अझै पढ्नुहोस्