भारत–नेपाल मित्रता जोड्दै भारतीय पर्यटकलाई निम्तो

शेयेर गर्नुहोस

धनगढी- सुदूरपश्चिमको रमणीय पर्यटकीय क्षेत्र बुढीतोलामा हुने “बुढीतोला पर्यटन महोत्सव” लाई अन्तर्राष्ट्रिय स्वरूप दिन आयोजक टोली भारतको पलियासम्म पुगेर विशेष निम्तो अभियान सञ्चालन गरेको छ। वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवमा भारतीय पर्यटकको सहभागिता बढाउन यो पहल गरिएको हो।


बुढीतोला क्षेत्र पर्यटन प्रवर्द्धन तथा बजार व्यवस्थापन समितिले भारतको पलियामा पत्रकार सम्मेलन आयोजना गर्दै पर्यटकलाई स्वागत गर्न आफूहरू पूर्ण तयारीमा रहेको जनाएको छ। समितिका संयोजक हरिदत्त भट्टराईका अनुसार नेपाल–भारत सीमा क्षेत्रका साथै पलिया, लखनउ, लखिमपुर लगायत सहरका पर्यटकका लागि आकर्षक आवाससहितका विशेष प्याकेजहरू तयार गरिएको छ।


पर्यटन व्यवसायी अशोक मल्लका अनुसार “गर्मीसे बेहाल, चलो बुढीतोला नेपाल” भन्ने सन्देशसहित भारतीय पर्यटकलाई शीतल र शान्त वातावरणको अनुभूति दिलाउन निम्तो दिइएको हो। उनले गर्मीयाममा तराईको तातोबाट राहत पाउन बुढीतोला उत्कृष्ट गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गरे।


पर्यटन अभियन्ता भरतविक्रम शाहले तराईमा अत्याधिक गर्मी बढिरहेको बेला बुढीतोलामा चिसो मौसम रहेकाले भारतीय पर्यटकलाई एकपटक बुढीतोला घुम्नका लागि निम्तो दिन आफूहरु पलिया पुगेको बताए ।


त्रिनगर भन्सारबाट करिब ३८ किलोमिटर दूरीमा अवस्थित बुढीतोला प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो। यहाँबाट कैलाली र कञ्चनपुरका समथर भू-भागसँगै भारतका विभिन्न सहरहरूको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। शान्त र हरियाली वातावरणले अध्ययन, लेखन तथा साहित्य सिर्जनाका लागि समेत यो क्षेत्रलाई विशेष बनाएको छ।


महोत्सव अवधिभर विविध सांस्कृतिक कार्यक्रम, स्थानीय खानपान, कला, भाषा र संगीत प्रस्तुत गरिने आयोजकले जनाएको छ। यसले न केवल पर्यटन प्रवर्द्धन गर्नेछ, तर नेपाल–भारतबीचको सांस्कृतिक र आर्थिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।


बुढीतोला अब केवल एक पर्यटकीय गन्तव्य मात्र नभई दुई देशबीचको मित्रता, संस्कृति र सहकार्यको सेतु बन्ने अपेक्षा गरिएको छ।

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

जमुना न्युरे/जसको कोहि छैन, त्यसको हामी छौ समाज नेपाल द्वारा आयोजित मुक्त कमैया बस्ती एकता शिबिर पुर्ब लम्कीमा दशैको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित

धनगढी/नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छन् । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्