TRENDING
Turvallisuus ensin – vertaile suosituimmat parhaat ranking kasinot ja nauti vastuullisesta pelaamisesta aina
Historic routes transform into a challenging chicken road experience for adventurers
Aktuelle Einschätzung und gamblezen casino testbericht für zuverlässigen Spielspaß online
Increíble oportunidad Chicken Road Casino para ganar con estrategia y diversión
Genuine progress from simple gaming to complex strategy with chicken road app unlocks new challenges
Next
Prev

बेहडाबाबा मन्दिरमा आकाशबाट पुष्प वर्षा, लाखौँ भक्तजनले गरे दर्शन

शेयेर गर्नुहोस

धनगढी, २५ फागुन कैलालीको धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको प्रसिद्ध बेहडाबाबा मन्दिरमा आज आकाशबाट पुष्प वर्षा गरिएको छ । शिवरात्रिको अवसरमा आज हेलिकोप्टर प्रयोग गरेर आकाशबाट पुष्प वर्षा गरिएको हो ।

बेहडाबाबाप्रति श्रद्धालुहरूको आकर्षण अझ बढाउन एवम् प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरको प्रयोग गरेर आकाशबाट फूल वर्षा गरेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

लाखौँ श्रद्धालुहरूको उपस्थितिको क्रममा बेहडाबाबामा पहिलो पटक हेलिकोप्टरबाट पुष्प वर्षा गरिएको समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनका अनुसार बिहान ११ देखि चार पटक हेलिकोप्टरबाट पुष्प वर्षा गराइएको छ ।

११ लाख रुपियाँ भाडामा हेलिकोप्टर लिएर दुई लाख रुपियाँको फूल आकाशबाट वर्षा गरिएको उहाँले बताउनुभयो । दिउँसोसम्म करिब सात लाख श्रद्धालुहरूले बेहडाबाबा मन्दिरमा पूजाआजा गरेको समितिको दाबी छ ।

श्रद्धालुहरूको भीड व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, धनगढी उपमहानगरपालिकाका नगर प्रहरी र दुईसय जना स्वयंसेवक खटाइएका छन् ।

धनगढी उपमहानगरपालिका–१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतको उत्तर प्रदेशस्थित विभिन्न ठाउँबाट पनि हजारौँ दर्शनार्थी आउनेगरेका छन् । बेहडाबाबा मन्दिरमा आज अपराह्न साढे दुई करोड दीप प्रज्ज्वलन गरिने अध्यक्ष जोशीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Turvallisuus ensin – vertaile suosituimmat parhaat ranking kasinot ja nauti vastuullisesta pelaamisesta aina

Historic routes transform into a challenging chicken road experience for adventurers

Aktuelle Einschätzung und gamblezen casino testbericht für zuverlässigen Spielspaß online

Increíble oportunidad Chicken Road Casino para ganar con estrategia y diversión

Genuine progress from simple gaming to complex strategy with chicken road app unlocks new challenges

Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका

अझै पढ्नुहोस्