बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना सडक नाटक प्रदर्शन

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका वडामा अभियान मनाइएको हो । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको समन्वयमा कार्यक्रम गरीएको हो । 

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोग दशरथ माध्यामिक विद्यालयहरूमा गठन गरिएका बाल अधिकार चेतना समूहले बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँद र सिएमसी नेपालका प्रतिनिधि सुशीला चौधरीले घरेलु हिंसा, मानसिक समस्या, स्वरूप, प्रकार र कानुनी कुराको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

लैङ्गिक हिंसा अन्त्यका लागि अभियान अन्तर्गत १६ दिनसम्म विविध जागरण र जनचेतना मूलक कार्यक्रम गरेर मनाई रहेको महिला तथा बालबालिका शाखाले जनाएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने गरिन्छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, भलमन्सा, जनप्रतिनिधि,मानवअधिकार समूहका सदस्यहरू, बाल अधिकार चेतना समूहका पदाधिकारी लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Safest Online Gambling Enterprises: An Overview to Protect Gambling

Authentic accounts and secure access with foxy bingo login for thrilling gameplay

Uitgebreide informatie en de uspin casino ervaring voor elke gokker

Genuine excitement and kingdom casino login await new players seeking premium games

Fonctionnement du Traffic Camera Game dans lenvironnement des jeux dargent

Redbet Casino – Przedstawienie i opis stron hazardowych online.

सम्बन्धितखवर

छुटाउनु भयो कि !

सम्पादकीय

मंगलमय बनाेस सबैमा बडा दशै तथा शुभ दिपावलि ।

हिन्दु नेपालीहरुको महान चाड वडा दशैं तथा शुभ दिपावली एकपटक फेरि घरआँगनमा आइपुगेको छ । वडादशैं तथा तिहार नेपालीहरुका लागि धार्मिक चाड मात्रै होइन, यो

अझै पढ्नुहोस्
राजनीति

थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सम्मेलन धनगढीमा सम्पन्न

धनगढी/कैलालीकाे धनगढीमा थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको प्रथम जिल्ला भेला शनिबार धनगढीमा सम्पन्न भएको छ । मोर्चाका जिल्ला संयोजक बालकृष्ण चौधरीको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा

अझै पढ्नुहोस्