प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका कांग्रेशले सोच्नु पर्ने : नेता साउँद

शेयेर गर्नुहोस

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसका नेता एनपी साउदले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति दुई दलबीचको सहमतिविपरित रहेको बताएका छन् ।


कांग्रेस बर्दियाले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्ति र गठबन्धनको औचित्य तथा सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक रहेको बताए ।


‘हामीले गठबन्धन गर्दा नै संविधानमा केही–कमजोरी देखिएका छन् । यसलाई संशोधन गर्ने बुँदा राखिएको छ र प्रतिबद्धता व्यक्त गरेका छौँ,’ साउदले भने, ‘तर, यही सहमतिमा प्रतिबद्धता व्यक्त गरेका प्रधानमन्त्रीले नै ०८७ मा संशोधन गर्ने जुन अभिव्यक्ति दिनुभएको छ, यो सरकार गठनका लागि भएको सहमति विपरित छ । यसले गठबन्धनको औचित्य र सान्दर्भिकताका विषयमा कांग्रेसले सोच्न आवश्यक छ ।’
नेता साउदले सरकारलाई जनताका समस्या समाधानका लागि केन्द्रित हुन पनि आग्रह गरे । जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्नेमा उनको जोड थियो ।


‘अहिले कांग्रेस पनि सामेल भएको सरकारले जनताका समस्या समाधानका लागि केन्द्रित हुनुपर्नेमा आग्रह गर्न चाहन्छु । अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन,’ साउदले भने, ‘जनताले महसुस हुने गरी सुशासनको प्रत्याभूति दिलाउने गरी सरकारले काम गर्नुपर्दछ । विकास बजेटको पनि सन्तुलित वितरण र सदुपयोग हुन सकेको छैन ।’


कांग्रेसको कार्यदिशा जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने भए पनि त्यस्तो हुन नसकेको साउदको भनाइ थियो । ‘पार्टीको एकल सरकार बनाउन सकेका छैनौँ । गठबन्धनको संस्कृतिले पार्टीलाई काँध हाल्ने कुरा मात्रै भएको छ,’ उनले भने, ‘हाम्रो पार्टीको कार्यदिशा भनेको जनताका अपेक्षा र देशका समस्या समाधान गर्ने हो । तर, अहिले त्यस्तो हुन सकेको छैन ।’

कांग्रेस केन्द्रीय सदस्य साउदले पार्टीको १५ औँ महाधिवेशन २०८४ को निर्वाचन अगाडि नै हुनुपर्ने बताए । ‘पार्टीको महाधिवेशन २०८४ को निर्वाचन अगाडि हुन्छ र हुनुपर्छ,’ उनले भने, ‘पार्टीको विधानले नै तय गरेको विषयमा अन्योल हुनुपर्ने विषय छैन ।’


१४ औँ महाधिवेशनले पार्टीलाई नयाँ दिशामा अघि बढाउने र गुटगत राजनीति अन्त्य गर्ने सन्देशसहितको नतिजा दिए पनि अहिले हेर्दा पार्टीको जिम्मेवारीमा रहेका व्यक्तिहरुबाट नै गुटबन्दी चलिरहेको भन्दै साउदले सुधार गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले नेकपा एमालेसँग सत्ता सहकार्य भए पनि कांग्रेसको प्रतिस्पर्धा पनि एमालेसँग नै हो भन्ने बिर्सन नहुने बताइन् । उनले समयमै १५ औँ महाधिवेशन हुनुपर्नेमा जोड दिँदै महाधिवेशनका लागि सदस्यता नवीकरण प्रक्रियालाई समयमै सम्पन्न गर्नुपर्ने बताइन् ।


सुशासनको जगमा मात्रै समृद्धिको यात्रा तय हुने भन्दै नेतृ संग्रौलाले कांग्रेस सबै भ्रष्टाचारका फाइल खोल्ने कुरामा प्रष्ट रहेको जिकिर गरिन् । केन्द्रीय सदस्य अब्दुल सतारले सुझाव समेट्न र पार्टीको गुटगत राजनीति अन्त्य गर्न आफूहरू अहिले जिल्ला यात्रामा रहेको जानकारी दिए ।
यस्तै केन्द्रीय सदस्य गोविन्दबहादुर शाहले पार्टीको आन्तरिक जीवनमा सुधार आवश्यक रहेकोमा जोड दिए । अर्का केन्द्रीय सदस्य चम्पा खड्काले आफूहरू पार्टीका कार्यकर्ताका कुराहरू सुन्न जिल्ला आएको बताइन् ।

ताजा खबर

Spielautomaten Glück in Chipstars Casino

Sfide di Fuoco alla Heats Casino

Jocurile de Noroc la Betswap Casino sunt Diverse și Intrigante

La Casa del Giro de Suerte en los Slots

Programa de Fidelidade Roleta Jogo a Dinheiro Real

सम्बन्धितखवर

छुटाउनु भयो कि !

परिवर्तनकारी यात्रा, chicken road game, जो जोखिम और रणनीति का परीक्षण करती है

परिवर्तनकारी यात्रा, chicken road game, जो जोखिम और रणनीति का परीक्षण करती है जोखिम और रणनीति का संतुलन रणनीतिक योजना का महत्व खेल के विभिन्न

अझै पढ्नुहोस्