पासोमा पर्दैछन चितुवा र बाघ

शेयेर गर्नुहोस


ईन्द्रा कुमारी केसी,घोडाघोडी /एक साता पहिले कैलालीको जानकी गाउँपालिका ९ स्थित अमरावती सामुदायिक वन भित्र पाटे बाघ मृत अवस्थामा भेटियो ।


मृत अवस्थामा फेला परेको बाघको घाटीमा फसेको पासो निकाल्न समेत कठिनाइ भएको थियो । सुर्किने गाँठोले घाटी कस्सिएर बाघको निसास्सिएर मृत्यु भएको डिभिजनल वन अधिकृत राम विचारी ठाकुरले बताए ।अघिल्लो वर्ष असार ५ गते टीकापुर नगरपालिका २ स्थित जनशक्ति सामुदायिक वनमा पनि पाटे बाघ मृत फेला परेको थियो । घाँटीमा तारको पासो लागेर मृत्यु भएको अवस्थामा बाघ फेला परेको थियो ।


एक वर्षको अन्तरालमा कैलालीमा विश्वकै लोपोन्मुख प्रजातिका रुपमा रहेका दुई वटा पाटे बाघको मृत्युले संरक्षणमा चुनौती देखिएको छ । पाटे बाघ मात्रै होइन त्यसको बढिको संख्यामा चितुवा पासोमा परेर मरिरहेका छन् ।गएको पौष ११ गते कैलालीको गोदावरी नगरपालिका १० स्थित रातोपानि सामुदायिक वनमा पासोमा परेको अवस्थामा चितुवा फेला परेको थियो । गोदावरीमा समयमै उद्धार हुँदा चितुवा बाच्यो । २०७८ चैत्र १७ गते घोडाघोडी नगरपालिका १० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गर्ने क्रममा नै मृत्यु भयो ।


यी त केहि प्रतिनिधि घटना मात्रै हुन । कैलालीमा पछिल्लो केही वर्ष यता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु संख्या बढिरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।
पछिल्लो ५ वर्षको अवधिमा कैलालीमा २ ओटा पाटे बाघ र ४ ओटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ । जिल्लामा आर्थिक बर्ष २०७५÷७६ मा एउटा चितुवा, आ.व २०७८÷०७९ मा २ ओटा चितुवा र एउटा पाटे बाघ तथा चालु अर्थिक वर्षमा १ पाटे बाघको मृत्यु भएको भने एक चितुवाको मृत्यु भएको छ ।

यसरी पासोमा पर्छन् वन्य जन्तु

आइतबार पासोमा परेर मृत्यु भएको बाघ तस्करले मार्ने उद्देश्यले पासोमा पारिएको नहुन सक्ने संरक्षणकर्मीहरूको अनुमान छ । अन्य साना जनावरहरूलाई थापिएको पासोमा बाघ परेको हुन सक्ने संरक्षणकर्मी विजयराज श्रेष्ठले बताए । ‘मोटर साइकलको ब्रेकको तार पासो बनाइएको छ । त्यो पासो मासुजन्य वन्यजन्तुका लागि हो’ श्रेष्ठले भने ।
उनका अनुसार बाघ र चितुवाको मृत्यु तस्करीका लागि मात्र नभई मानव वन्यजन्तु बिचको द्धन्दको कारण पनि भएको देखिन्छ ।
संरक्षणकर्मी डा.हेम सागर बराल पनि प्रतिशोध र सिकारका लागि राखेको पासोमा ठुला जनावर परिरहेको बताउछन ।
‘जङ्गल नजिक अहिले बस्ती बसिरहेका छन् । घर पालुवा जनावर र आफ्नो सुरक्षा सँगै मासुका लागि मानिसहरू पासो थाप्छन’ उनी भन्छन,‘बाघ र चितुवा मार्ने उद्देश्य नभएर पनि ती ठुला जनावर मरिरहेका छन् ।’


पहिलेको तुलनामा अहिले पासोमा परेर चितुवा र बाघको मृत्यु सङ्ख्या बढिरहेको संरक्षणकर्मी तिलक ढकाल बताउछन । कैलाली सँग जोडिएको बसन्ता जैविक मार्गको वन क्षेत्र ६९ हजार १.२२ हेक्टर रहेको छ । अहिले जङ्गलको नजिक मानव बस्ती पुगेको छ । जसका कारण संरक्षित क्षेत्रमै पनि वन्यजन्तु असुरक्षित छन् ।
डिभिजन वन कार्यालय धनगढीका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले पछिल्लो समय वन्यजन्तुका लागि पासो जोखिम बन्दै गइरहेको बताउछन ।
‘करेन्ट, तार लगायतको पासो थाप्ने क्रम बढ्दै गएको छ, बँदेल,चित्तल लगायत मासुजन्य वन्यजन्तुका लागि पासो थाप्ने गरेका छन् जसमा बाघ,चितुवा परिरहेका छन’ उनी भन्छन, ‘यसरी पासो थाप्नु गैर कानुनी हो । यस्ता गतिविधि गरेको पाइएमा हामी कारबाही गर्छौ ।’
समस्या समाधानका लागि जनचेतनामूलक विभिन्न कार्यक्रमहरू पनि भइरहेको उहाँको भनाई छ । कानुनमा पनि यसरी जङ्गली जनावरको हत्या गर्ने कार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुने व्यवस्था रहेको छ ।
जैविक प्रजातिहरूको विश्वव्यापी संरक्षण स्थिति र विलुप्त हुने जोखिमको अवस्थाको नियमित अनुगमन गर्ने संस्था आइयुसिएनले पाटे बाघ लोपोन्मुख अवस्थामा रहेको भन्दै आफ्नो रातो सूचीमा राखेको छ । त्यसैसरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण, २०२९ ले पाटे बाघलाई संरक्षित स्तनधारी प्रजातिको सूचिमा राखेको छ ।
लोपोन्मुख प्रजातिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण सम्बन्धी र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ अनुसार पाटे बाघ लगायत लोपोन्मुख प्रजातिको कारोबार वा व्यापार गर्न पाइँदैन ।
पाटे बाघको सिकार गरेमा ५ लाख देखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ भने,चितुवाको सिकार जन्य अपराध गरेमा २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिना देखि १ वर्षसम्म कैद वा दुवै सजाय हुने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा कानुनी प्रावधान रहेको छ ।
सरकारी निकायहरूले पनि अहिले बाघ लगायतका लोपोन्मुख अवस्थामा पुगेका बन्यजन्तुहरुको संरक्षणमा ठुलो पहल गर्दै आइरहेका छन् । तर, समुदायमा जनचेतनाको अभाव, तस्करी र मानव वन्यजन्तुको द्वन्द्वका कारण बाघ र चितुवा जस्ता ठुला जनावरहरू पनि पासोका कारण मर्नेको सङ्ख्या बढिरहेको छ ।

ताजा खबर

Snatch Kasino – Stora Jackpotpriset är Alltid Värt Att Spela För

Spielautomaten Glück in Chipstars Casino

Sfide di Fuoco alla Heats Casino

Jocurile de Noroc la Betswap Casino sunt Diverse și Intrigante

La Casa del Giro de Suerte en los Slots

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्