पर्सियामा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ

शेयेर गर्नुहोस

कंचनपुर/कञ्चनपुरको लालझाडी गाउँपालिका-४ पर्सियामा जंगली हात्ती मरेको घटनामा एक जना पक्राउ परेका छन् । डिभिजन वन कार्यालय कञ्चनपुरले पर्सियाका ओमप्रकाश रानालाई पक्राउ गरेको हो ।

रानाकै खेतमा हात्ती मरे  अवस्थामा भेटिएको थियो । अनुसन्धानका क्रममा विद्युतीय धरापमा परेर हात्ती मरेको रिपोर्ट आएपछि रानालाई पक्राउ गरिएको लालझाडी सब-डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत करुणाकर जोशीले बताए ।

फागुन ७ गते पर्सियामा खेतबारीमा वयस्क भाले हात्ती मरे अवस्थामा भेटिएको हो । हात्ती मरेको भेटिएको स्थानमा विद्युतीय धरापका लागि राखिएको ग्याबिन तारसमेत भेटिएको थियो । हात्तीको पोस्टमार्टमपछि विद्युतीय धरापबाटै मरेको रिपोर्ट प्राप्त भएपछि रानालाई पक्राउ गरिएको जोशीले बताए ।

रानालाई मंगलबार पक्राउ गरि बुधबार ८ दिनका लागि जिल्ला अदालतबाट म्याद थप गरिएको छ । निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार वन्यजन्तु मारेको अभियोगमा ५ देखि १५ वर्ष कैद वा ५ देखि १० लाख सम्म जरिवाना तथा दुवै हुने व्यवस्था छ ।

पक्राउ परेका रानाले प्रारम्भिक बयानमा गहुँबाली जोगाउने उद्देश्यले विद्युतिय तार राखिएको बताएको जोशीले बताए । घटनाबारे थप अनुसन्धानको काम भइरहेको जोशीले बताए । हात्ती मरेको गहुँबारी लालझाडी मोहना संरक्षित क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बीचमा पर्छ ।

ताजा खबर

Glimmer Casino Online Slot Machine Gameplay Overview

Spinju Casino Jackpot Winners Guide

La Lotería de Snatch Casino

Vegazone Casino – Slotmaschine mit Gewinnchancen für jeden Spieler.

Tournois de Roue de la Rivière de Texas à Casinopinion SpinTexas Casino

Oshicasinon Fokus på Spelautomater och Spelsäkerhet

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुखडमा ५० औ सिमसार दिवसमा विभिन्न कार्यक्रम गरिदै

जमुना न्युरे,सुखड/कैलालीको सुखडमा ५० औ बिश्व सिमसार दिवसरमा विभिन्न कार्यक्रम गरिने भएको छ ।“दलदल ,पानी ,पोखरी र खोला सरक्षण गरे सर्बहित होला ” भन्ने मुल

अझै पढ्नुहोस्