पराल जलाउनमा बेस्त किसान

शेयेर गर्नुहोस

सुखड/अहिले घोडाघोडीका किसानहरु पराल जलाउनमा बेस्त भएको देखिन्छन। धान दाइँसकेपछि तोरी र गहु छर्नको लागि तयारी गरिरहेकोले खेतमा भएको पराल ठाउँ ठाउँमा जलाई रहेको दृश्य दिन प्रतिदिन देखिन्छ।

उहिलेका किसानहरु गोरु र राँगाले खेत जोत्ने गर्दथिए। त्यो बेला पशुलाई खानको लागि पनि पराल ब्यबस्थित गरेर राख्थे। त्यहि पराल पशुले खाईसकेपछि निस्केको गोबर प्राङ्गारिक मलको रुपमा पुनः प्रयोग गरिन्थ्यो। यसले गर्दा माटोको उर्वरा शक्ति कायम हुने र रासायनिक मलको प्रयोग कम हुने गरिन्थ्यो र त्यो बेलाका मानिसहरुमा सजिलै रोग़ नलाग्ने, स्वस्थ शरीर थियो।

अहिले कृषि उपकर आयो। छिटो छरितोको लागि किसानहरुले घरघरमा कृषि उपकरण ल्याए पशु पाल्न छोडे। उपकरणले काम सजिलो बनायो तर   खेतको उर्वरा शक्ति दिन प्रतिदिन ह्रास हुदै गएकोछ।

खेतमा पराल जल्दैछ तर घोडाघोडी नगरपालिका वडा नं. १ सुखड र वडा नं. १० पहलमानपुरमा रहेको छाडा गाई प्रति कसैको ध्यान छैन नत खेतमा भएको परालको थुप्रो जलाउने किसानको ध्यान छ नत कुनै जनप्रतिनिधिको। छाडा गाई सडकमा बसेको र परालको थुप्रो जलेको कैयो साल बिति सक्यो। गुडिरहेको मोटरसाइकल गाई संग ठोकिएर सडक दुर्घटना भएर धेरैको ज्यान पनि गैसक्यो। तर ब्यबस्थापन तीर लाग्न छोडी जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेको देखिन्छ। नगरपालिकाले छाडा पशुको लागि उचित गौशाला बनाएर किसान संग सम्झौता गरी खेतमा रहेको पराल त्यहि पशुको आहाराको लागी संकलन गरेर राख्दा उचित हुनेथियो।

एक जना किसानले खेतमा पराल जलाइरहेको बेला उनि संग कुरा गर्दा, भन्छन्,”घरमा पराल खाने पशु नभएर जलाएको हो।” उनले भने -” खेतमा धान,गहु जब हुर्किन थाल्छ छाडा गाईहरु आएर खाई दिन्छन्। अन्न बाली पाकेर घरमा नभित्र्याए सम्म प्रत्येक रात खेतमै बसेर कुर्नु पर्छ। यदी कुनै समस्या हुदा एक रात पनि कुर्न आउन् सकिएन भने सबै फसल खाई दिन्छन।” उनले यदी स्थानीय सरकारले गौशाला निर्माण गरी पराल संकलन गरेको भए त्यत्तिकै खेतमा जलानु भन्दा बरु गौशालामै दिने बताए।

हुन त घोडाघोडी नगरपालिकामा धेरै ठाउँमा गौशालाहरु निर्माण भएको देखिन्छ। तर ती गौशाला निश्चित ठाउँ र सिमित पशुको लागि मात्र भएको देखिन्छ भने कती गौशालाहरु निर्माण भएर पनि अहिले प्रयोग बिहिन भएका छन्। सडकमा हुलका हुल गाई बसेको देखिन्छ। यदि घोडाघोडी नगरपालिकाले उचित गौशाला बनाएको भए रातिको समयमा हुने सडक दुर्घटना नियन्त्रण हुने,पराल व्यस्थित गरी प्राङ्गारिक मल उत्पादन गरेर बिक्रि गरी किसानहरुलाई रासायनिक मल भन्दा प्राङ्गारिक मल प्रति प्रोसाहन गर्न मद्दत हुने थियो।

ताजा खबर

The Essential Guide to Getting an ESA Letter From a Doctor

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

Free Rotates Bonus Offer: A Comprehensive Overview

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

Was sind die Top Online-Casino-Websites?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बालि जाेगाउन स्थानीयद्वारा सिमा क्षेत्रमा काडेतार

टीकापुर/ कैलालीको टीकापुर नगरपालिका वडा नं. ७ कालाकुण्डा स्थित सिमा क्षेत्रमा स्थानीयले काडेतार लगाएका छन् । स्थानीय किसानले लगाएको बालि जाेगाउन स्थानीयकाे सहकार्यमा सिमा क्षेत्रमा

अझै पढ्नुहोस्
Highlights

वनको धेरै विषय दलको कब्जामा छ तर विभागलाई दोष दिइन्छ ;देवशमणी त्रिपाठिको अन्तर्वार्ता

काठमाडौं-तराई द्रुतमार्ग निर्माणको जिम्मा नेपाली सेनाले लिँदा ४ वर्षमा सक्ने गरि सम्झौता भएको थियो। २०७४ मा सम्झौता भए पनि अहिलेसम्म एक तिहाइ कामसमेत फत्ते हुन

अझै पढ्नुहोस्