पत्रकार बमको निवास पुगेर प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालद्वारा समवेदना

शेयेर गर्नुहोस

धनगढी, साउन ९ -नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियन डोटीका संस्थापक सचिव तथा पूर्व अध्यक्ष, नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मीन बमको निवास धनगढी उपमहानगरपालिका-७, शक्तिनगर पुगेर समवेदना प्रकट गरेका छन् ।


पत्नी वियोगमा परेका पत्रकार बमलाई भेटेर नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष लम्सालले पत्रकार बम पत्नी शव्या शाही बमको मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।


केन्द्रीय अध्यक्ष लम्सालसँगै केन्द्रीय सदस्य पुष्पराज जोशी, जमुना न्यूरे, हिमाल जोशी , नेपाल प्रेस युनियनका सुदूरपश्चिम प्रदेश अध्यक्ष मनमोहन स्वाँर, प्रदेश लेखा समिति संयोजक कृत बिष्ट, नेपाल प्रेस युनियन कैलालीका निवर्तमान जिल्ला अध्यक्ष श्रवण देउवा, कैलाली अध्यक्ष सीताराम ओझा, उपाध्यक्ष सुनिल आउजी, सचिव शंकर बोहरा, कोषाध्यक्ष गगन अयडी, नेपाल पत्रकार महासंघका पूर्ण केन्द्रीय सदस्य दिलबहादुर छत्याल, नेपाल पत्रकार महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष भरत शाह, प्रदेश महासचिव शिवराज भट्ट, पत्रकार यमुना साउँद लगायतले समवेदना प्रकट गरे ।

ताजा खबर

Tortuga Casino Cascading Reel Slots

HighFly Casino Einzahlung und Auszahlung: Methoden und Limits im Überblick

Op Welke Slots Geeft Inkybet Free Spins?

Spinpolo Bet Builder Tool Guide

Tortuga Casino Machines à Sous Classiques sur le Thème des Fruits

À quel point la vérification de Shiny Wilds est-elle stricte ?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दोधारा चाँदनीको पुल भाँचियो

महाकाली नदीमाथि रहेको दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिका जोड्ने झोलुङ्गे पुल भाँचिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बुधबार दोधारा चाँदनी नगरपालिका–४ स्थित

अझै पढ्नुहोस्