TRENDING
Understanding How Self-Exclusion Programs Work for Canadian Plinko Players
Glory Casino On The Web Türkiye Için Güncel Giriş Ve Bonuslar 2025″
Блэкджек в Pinco: правила, которые должен знать каждый игрок
Online Casino Beste Bewertung: Test & Vergleich 30+ Deutscher Casinos
Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?
Next
Prev

नेपाली हर्ट ग्रुप नेपालले गर्‍यो सहारा घरमा खाद्यान्न सहयोग

शेयेर गर्नुहोस

सुखड । कैलालीको बर्दगोरिया गाउँपालिका–२ मा रहेको असहायका लागि सहयोगी हात नेपालद्वारा सञ्चालित सहारा घरमा नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।

शनिवार नेपाली हर्ट ग्रुप नेपालले २० बोरा चामल, ७ बोरा आलु, ६ पेटी खाने तेल, ६ बोरा दाल, ६ पेटी फिनेल हर्पिक, ५ बोरा सरफ, २ पेटी स्याउ, १४ थान स्कुल ड्रेस, १४ थान ब्याग, १५ थान जुत्ता, २० थान कुर्ची, २ बोरा चिउँरा, २ पेटी स्याम्पु, बेड पलङ्ग २ पिस, पानी ट्याङ्की १०० लिटर २ थान र अक्षयकोषको लागी नगद १५ हजार हस्तान्तरण गरेको छ ।

खाना,छाना र नाना नभएकाहरूको सारथि : जहाँ जहाँ भए पनि हामी नेपाली भन्ने मूल श्रेयका साथ नेपाली हर्ट ग्रुप नेपालले बृहत् सहयोग सामाग्री हस्तान्तरण गरेको यस ग्रुपका डिल्लीराज पराजुली जानकारी दिए । परिवार,समाजले हेला गरेका मानवलाई सहारा दिनु सानो कुरा नभएको हुँदा केही सहयोग होस भन्ने उद्देश्यले केही खर्च कटौती गरेर खाद्यान्न वितरण गरेको उनको भनाई थियो । आफूहरूले सहारा घरमा पुगेर खाद्यान्न वितरण गर्न पाउँदा निकै खुसी लागेको ग्रुपका डिल्लीराज पराजुलीले बताए ।

खाद्यान्न वितरण कार्यक्रमका प्रमुख अतिथि घोडाघोडी नगरपालिका नगर प्रमुख खडक बहादुर रावतले दिन दुखी र असहायलाई सहयोग गर्नु मानवीय कार्य भएको बताए । सहारा घरका सञ्चालक विष्टले गर्दै आइरहेको कार्य एकदमै सह्रानीय र राम्रो भएको उनको भनाई थियो । असहाय असक्तहरूको जिम्मेवार राष्ट्रको भए पनि एउटा व्यक्तिले गर्नु चुनौती पूर्ण कुरा रहेको उनको भनाई छ । घोडाघोडी नगरपालिकाले पनि सहारा घर सहयोग गर्दे आएको र आगामी दिनमा पनि सहयोग रहने उनले बताए ।

सहारा घरमा सहयोग गरिएको भन्दै सहारा घरका सञ्चालक बल बहादुर विष्टले नेपाली हर्ट ग्रुप नेपाललाई धन्यावाद ज्ञापन गरेका छन् । यस्तै सहयोगी मनहरूले सहयोग गरेर सहारा विहीनहरूलाई सहारा दिइरहेको सञ्चालन विष्टले बताए । उनले घर परिवार बाट अपहेलित,असहाय,घर परिवार विहीन तथा अपहेलनमा परेका सहारा विहीनहरूको स्याहार सुसार गर्ने व्यक्तिहरूलाई सहारा दिइरहेको उनको भनाई थियो ।

नेपाली हर्ट ग्रुप नेपालका केन्द्रीय अध्यक्ष डिल्लीराज पराजुलीको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावत रहेको थिए । कार्यक्रमका नेपाली काग्रेश कैलाली जिल्लाका उप सभापति भीम बहादुर बडूवाल, इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपेन्द्र कुमार पाल, घोडाघोडी नगरपालिका र बर्दगोरीया गाउँपालिकाका जनप्रतिनिधि लगायत सहयोगी मन भएका व्यक्तिहरूको सहभागिता रहेको थियो ।अहिले १ सय जना मानसिक रोगीहरू बसोबास गरिरहेका छन् भने कति पय धेरै जनालाई परिवार मिलान गराइ घर फर्काइएको छ । सहारा घरमा हाल सात जनाले स्वयंसेवकको रूपमा सेवा दिइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Understanding How Self-Exclusion Programs Work for Canadian Plinko Players

Glory Casino On The Web Türkiye Için Güncel Giriş Ve Bonuslar 2025″

Блэкджек в Pinco: правила, которые должен знать каждый игрок

Online Casino Beste Bewertung: Test & Vergleich 30+ Deutscher Casinos

Wie fange ich an, bei Sportwetten ohne Oasis zu wetten ohne Stress?

“1xbet App ᐉ Get 1xbet Mobile 1xbet Apk Android & Ios ᐉ 1xbet Fi

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

लालबोझिमा रहेको पुरैना तालको रेखांकन कार्य सुरु

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो।

अझै पढ्नुहोस्