भूपेन्द्र बडुवालकाे अमेरिका जाने सपना अधुरै रह्यो

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल अमेरिका जाने सपना अधुरै रह्यो ।

मंगलबार राति करिब ९ बजे टीकापुरमा खुकुरि प्रहार गरि भूपेन्द्रकाे हत्या गरेपछि उनका अमेरिका जाने सम्पूर्ण सपनाहरु अधुरै रहेकाे हाे । मृतक बडुवाल अमेरिकी उच्च शिक्षाका लागि लिइने भाषा परीक्षा आइएल्सको पहिलो चरण पास गरि अमेरिका जाने तयारिमा थिए । आइएल्समा उत्तिर्ण भएपछि अमेरिका जाने चाँजोपाँजो मिलाउँदै थिए मृतक बडुवाल ।

अमेरिका जान तयारिका लागि काठमाडौं बसिरहेका बडुवाल दसैं मान्न घर फर्किएका थिए । संविधानसभा सदस्य तथा बडुवालका आफन्त भगत बडुवालका अनुसार लम्की बहुमुखी क्याम्पसमा स्नातक अध्ययन गरिरहेका भूपेन्द्रको अमेरिका जाने अन्तिम तयारी भइरहेको थियो । ‘अध्ययन लम्कीमा भए पनि अमेरिका जाने तयारीका साथ उनी काठमाडौं गएका थिए,’ बडुवालले भने, ‘ आइएल्समा उत्तिर्ण भएपछि अमेरिका जाने सपना पूरा गर्न तयारीमा जुटेका थिए। तर मंगलबारको घटनाले भूपेन्द्रको सपना अधुरै रह्यो।’

भुपेन्द्र बडुवालको खुकुरी प्रहार गरि हत्या गरिएको बिराेधमा आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध समेत गरिएको छ । बडुवालको मृत्युपछि उनका आफन्तले बुधबार बिहानैबाट पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका ट्राफिक प्रहरी कार्यालय लम्कीका प्रहरी नायब निरीक्षक गणेशसिंह नागरीले बताउनुभयाे । इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बडुवालको हत्यामा प्रयोग भएको खुकुरी बरामद गरिएको बताउनुभयाे । ‘यस अघि चक्कु प्रहारबाट ज्यान गएको जानकारी आएको थियो,’ सापकोटाले भने, ‘तर घटनामा खुकरी प्रयोग भएको रहेछ। घटनास्थल नजिकैबाट खुकरी बरामद भएको छ।’
हत्यामा संग्लन भएको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरि थप अनुसन्धान गरि रहेको बताइएको छ ।

ताजा खबर

Le Tower Rush Jeu Des Tour Eiffel Roulette

Ce este Chicken Road? Definiția și caracteristicile jocului de noroc.

Information on Redbet Casino Online Gaming Platform Features and Services.

Juegos de Azar en Coolcat Casino Online Seguros y Fáciles

Roulette Online India VIP: A Complete Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !