नेपालीहरु किनमेलका लागि भारतिय बजारमा

शेयेर गर्नुहोस

हिन्दुहरुको महान पर्व बडादशै नजिकए सङ्गै नेपालीहरु घर लिपपोत , रङरोगन तथा किनमेल गर्न ब्यस्त रहेका छ्न ।किसानहरुलाइ धान बाली भित्र्याउन चटारो सङ्गै किनमेल गर्न भ्याइ नभ्याइ रहेकोछ ।


कैलाली जिल्लाका ठुला बजार हरु धनगढी , अत्तरिया ,टिकापुर , लम्कीमा भन्दा पनि किनमेल गर्न नेपाल र भारतको सिमावर्ती क्षेत्रमा रहेका तिकुनिया , चन्दनचौकी , सुडा ,बनगाउ , पलिया लगायतका बजारहरुमा किनमेल गर्ने घुइँचो लाग्ने गरेको देखिन्छ ।

धनगढीका सुनिता चौधरी पनि घरायसी सामान र बच्चाहरुलाई लुगा किन्न बनगाउ पुगेकी हुन , उनले भनिन तेहि सामान चिनी नेपाल भन्दा के जि ५० रुपैया सस्तोमा, लुगाहरु पनि बनगाउमा सस्तो पाइने भएकोले यता आएको बताइन् ।

तेस्तै बिजुलिया गाउकि मनिसा चौधरी पनि आज साइकल मै १८किलो मिटर दुरिमा रहेको भारत तेकुनिया बजारमा घरयासी सरसामान किन्न मोहना नदिमा डुङ्गा चढेर रै सामान किन्न टिकुनिया पुगेकी छन् , सुखड , भजनी बजार भन्दा घरायसी दैनिक उपभोग गर्ने सामाग्रीको सस्तो पर्ने भएकाले १८ किलोमीटर साइकल मै आएर सामान किनेको बताइन् ।

नेपालिहरु सस्तो पाइने भन्दै सिमावर्ती भारतीय बजारमा गय पछि कोरोनाले थलियका नेपाली ब्यापारीहरु चिन्तित भएका छन् , । सुखडमा कपडा व्याबसाय गर्दै आयकी राधा आर्चाय भन्छिन पहिलेको जस्तो व्यापार छैन , दशैको समयमा हामिलाइ ग्राहकलाई सामान देखाउन ,बेच्न भ्याइ नभ्याइ हुनु पर्ने हो तर ग्राहक नै आउदैन ।

यस्तो चाडपर्वको समयमा हुने ब्यापारले हामिलाई अलि आफ्नो ब्यापारको रोटेसन मिलाउन सजिलो हुने थियो यो बेला नि व्यापार सोचेजस्तो नहुदा ब्यापार कसरी गर्ने भन्ने चिन्ता रहेको बताइन।

सोमबार भारतिय बजार घुमफिर गर्न टिकुनिया पुगेका पुर्ब संविधान सभा सदस्य हरि श्रीपाइलि भन्छन् भारतीय बजारमा करोडौंको व्यापार एकै दिनमा हुन्छ , तहि सामान नेपाल किन्दैन हाम्रा नेपाली हरुले दुख गरि कमाएको , सबै भारत मै सामान किनमेल गर्ने हुदा यताको ब्यापारी भन्दा भारतका ब्यापारिलाइ फाइदा हुने गर्दछ । भने नेपालमा उत्पादन भएको बस्तुले बजार नै नपाउने हुदा अर्थतन्त्र मै असर पुग्ने बातए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno Przelatujące – Zgadzaj się na Szanse i Ryzyko

Spinit Casino – Miesto pre hazardné hry a lotériu online

Exploring the Online Gaming Options at Primaplay Casino

Winter Wonderland at Wintopia Casino

Exploring the Online Gaming Experience at Winspark Casino

Στοιχηματικές Επαφές με τη BetSwap Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !