TRENDING
Next
Prev

निर्माणाधिन घर भत्कायो वन कार्यलयले

शेयेर गर्नुहोस

सुखड/घोडाघोडी नगरपालिका वडा २ साडेपानिको जङ्गपुरमा रहेको मोहन्याल सामुदायिक वन उपभोक्ता समुहको परिषमा बन्दै गरेको निर्माणधिन घर आज वन कार्यलयले बल पुर्बक भत्काएको छ ।

डिभिजन वन कार्यलय पहलमानपुर र सब डिभिजन वन कार्यलय साडेपानीको सयुक्त टोलि बन्दै गरेको घर बल पुर्बक भत्काएको हो। सामुदायिक वन अतिक्रमण गरि राष्ट्रिय दलित नेटवर्क जनजागरण मन्चको ६ कोठे पक्की भवन निर्माण कार्य हुँदै थियो ।


सामुदायिक वन उपभोक्ता समुहको घर निर्माण भनी निर्माण कार्य भएको पटक पटक वन कार्यलयले घर नबनाउन भन्दा पनि नटेरी गरि घर निर्माण कार्य गरि रहेकाले आज बल पुर्बक भत्काएको सब डिभिजन बन कार्यलय साडेपानीका प्रमुख गौचरण चौधरीले बताए । सामुदायिक वन भवन नभइ दलित नेटवर्क जागरण मन्चको भवन निर्माण गरेको गोप्य श्रोत ले बताएको छ ।

सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष गोरख बस्नेतलाई घटनाका बारेमा बुझ्न खोज्दा उनी सम्पर्कमा आउन चाहेन ।सो घर निर्माण का लागि घोडाघोडी नगरपालिका ले आर्थिक सहयोग करिब १७ लाख रुपैयाँ बिनियोजित गरेको थियो ।

अझै पनि भत्काएको घर पुन निर्माण गरेमा सामुदायिक वनको अध्यक्ष र घट्नामा सन्लग्न रहेकालाई वन ऎन २०७६ अनुसार कारबाही गरिने डिभिजन बन कार्यलय पहलमापुरका प्रमुख राम बिचारी ठाकुरले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Пинко Казино Официальный Сайт – Играть в Онлайн Казино Pinco

Versprechen und Verlockungen: Ninecasino-Bonus.at und die Welt der Online-Casinos

1xbet – официальный сайт 1хбет (2025)

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रेखांकनको सकिदै लालबोझिको पुरैना ताल

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।डिभिजन बन कार्यलय पहलमानपुरले तालको

अझै पढ्नुहोस्