नायल तालको प्रचारका लागि गर्‍यो फोटो पत्रकार महासङ्घको अन्तरक्रिया 

शेयेर गर्नुहोस

धनगढी/कैलालीको नायल तालको प्रचारप्रसारका लागि फोटो पत्रकार महासङ्घ कैलालीले शनिवार अन्तरक्रिया गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा पर्ने नायल ताल क्षेत्रमै पुगेर स्थानीय तथा सरकारका प्रतिनिधि सँग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका सहभागीहरूले पर्यटनको अथाह सम्भावना भएर पनि नायल ताल ओझेलमा परेको दुखेसो गरे । “रारा ताल, फेवा ताल जत्तिकै सम्भावना बोकेको ताल हो यो तर सरकारलाई यसको बारेमा कुनै वास्ता छैन । पूर्व देखि पश्चिम सम्म हेर्नुस्, चुरे पहाडको टाकुरामा रहेको एक मात्र ताल यही हो । यसलाई पर्यटन क्षेत्रका हिसाबले विकास गर्न सक्ने हो भने एउटा पालिकाका लागि मात्र होइन सुदूरपश्चिम प्रदेशकै लागि महत्त्वपूर्ण हुन्छ ।” स्थानीय हरिदत्त जोशीले भने ।

नायल ताल क्षेत्रमा घण्टेश्वर, मसानी, दोगटी, नन्नरै लगायतका देवी देवताको बास भएकाले यसलाई धार्मिक पर्यटन सँग जोडेर विकास गर्नु पर्ने पनि स्थानीय माग छ । यहाँ देवी देवताको ठुलो शक्ति र महिमाको इतिहास ठुलो छ । स्थानीय चन्द्र बहादुर थापाले भने,…  “स्वच्छ मनले यो ठाउँमा भएका देवी देवताको भाकल गरे मनोकाङ्क्षा पूरा हुन्छ ।”

कैलालीको मालाखेती, कञ्चनपुरको वाणी तथा कलुवापुरबाट नायल पुग्न सकिने सडकको ट्र्याक खोलिए पनि स्तरोन्नति भने हुन सकेको छैन । विकासको मेरुदण्ड नै सडक भएकाले यस तर्फ सबैले ध्यान दिनु पर्ने स्थानीयको माग छ । “सबैभन्दा ठुलो कुरा सडक हो । सडक राम्रो भयो भने पो पर्यटनहरू आउने हुन ।” स्थानीय कमल सिंह खत्रीले भने,… “सरकारले सडक राम्रो बनाउनु पर्‍यो । डाँडाबाट बग्ने पानीले ताल पुरिने समस्या छ त्यसका लागि ताल वरिपरि नाला बनाउनु पर्‍यो अनि आरसिसी सहितको बाध बनाउनु पर्‍यो । यत्ति गर्ने हो भने बाकी काम त हामी स्थानीय पनि गर्छौ नि । सरकारको चासो हुनुपर्‍यो क्या ।”

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा नम्बर-१२ का वडा अध्यक्ष भीमबहादुर खड्काले वडाको बजेटले मात्रै यो सबै कुरा सम्भव नहुने भन्दै यसका लागि नगर, प्रदेश तथा सङ्घीय सरकार सँग समन्वय गरिरहेको बताए । “स्थानीय सरकारले ठुला योजना कार्यान्वयन गर्न सक्ने अवस्था छैन । प्रदेश र सङ्घ सँग माग गर्ने हो । सङ्घीय सरकारबाट तालको बाध निर्माणका लागि सामान्य बजेट आए पनि प्रदेश सरकारको बजेट भने शून्य छ ।” वडा अध्यक्ष खड्काले भने,… “यहाँ मुख्यमन्त्री, मन्त्रीहरू धेरै पटक आए । उनीहरूले नै अनुगमन गरेपछि अब त केही हुन्छ भनेर आस गरियो तर हात लाग्यो शून्य भयो ।”

चुरे पहाडको टाकुरामा देखिने मनोरम नायल तालले समग्र सुदूरपश्चिमको सम्भावना बोकेको त छ नै यस क्षेत्र पाइने महत्त्वपूर्ण जडीबुटी र कृषि उत्पादनले समेत सरकारको बाटो कुरिरहेका छन् । शनिवार फोटो पत्रकार महासङ्घ कैलालीका अध्यक्ष दिनेश विष्टको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सहजीकरण महासङ्घका सचिव राजकुमार साउँदले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Absolument captivantes, les stratégies gagnantes chez alexander casino fr pour une expérience immersive

Adventure awaits players seeking fortune and fun at fatpirate casino today

Élégance intemporelle du divertissement en ligne avec alexander casino fr pour une expérience unique

Adorable chickenroad challenges demand quick reflexes and escalating difficulty for players

Szórakoztató útvesztőben a chickenroad, ahol ügyességed próbára teszi a sikerhez vezető ösvényen

सम्बन्धितखवर

छुटाउनु भयो कि !