धनगढीमा लेडि जेसिसको दशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/ धनगढीमा लेडि जेसिसले आयोजना गरेकोे दशैं–तिहार तथा छठ पर्वकोे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

समाज विकासका लागि सबै एक जुट भएर हातेमालो गदौ अगाढी बढ्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री टेकबहादुर रैकाले बताए । उनले भने जेसिस आफैमा पनि समाज सेवि र प्रगतिशिल भावना भएको सस्था हो । यो संस्थाले हरेक क्षेत्रको काम अगाडी बढाएको र अब आउने दिनमा पनि समाजमा लागि काम गदै अगाडी बढ्ने आशा गरेको प्रमुख अतिथि रैकाले बताए ।

आउदै गरेको विजया दशमीको शुभकामना दिदै धनगढी लेडि जेसिसकी अध्यक्ष सरस्वती खडका भट्टले भननि चाडपर्व आफ्नो अवस्थाले भ्याए अनुसार सबैले रमाइलोका साथ मनाउने पर्ने बताइन । लेडि जेसिसले विभिन्न संघ संस्था सँग काम सहकार्य गरेर काम गदै अएको र आगामी दिनमा पनि सबै निकाय,संघ सस्थासँग हातेमालो गदै अगाडी बढ्ने जेसिसकी अध्यक्ष भट्टले बताइन ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्त, नेकपा माओवादी केन्द्रकी सुदूरपश्चिम प्रदेश सदस्य शान्ती क्षत्री,नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश सदस्य लक्ष्मी भण्डारी, ,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा.टि एन जोशी, ऎश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट,ओम,धनगढी लेडि जेसिजकी निर्देशक सरिता साउद त्यस्तै धनगढी लेडि जेसिजकी उपाध्यक्ष निर्मला भट्ट लगाएतको उपस्थिती रहेको थियो ।

ताजा खबर

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Das Verständnis von Jackpot-Möglichkeiten bei Vulkan Vegas

सम्बन्धितखवर

छुटाउनु भयो कि !