थारु होमस्टे गाउँ भादा महोत्सव

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम सस्कृति भेषभुषा राखी हमरा पहिचान थारु होमस्टे गाउँ भादा महोत्सव भन्ने मुल नाराका साथ थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति, भादा कैलालीका आयोजनामा सुरु भएको भादा महोत्सव उदघाटन समारोहका अध्यक्ष लक्ष्मिनारायण चौधरी ज्यू, कार्यक्रमका विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशका उधोग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी ज्यू, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरी ज्यू, सुदुर पश्चिम प्रदेश सभाका उप सभामुख कोइली देवि चौधरी ज्यू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि ज्यू, वडा अध्यक्ष ज्यू, नागरिक समाजका प्रतिनिधि जयू, पर्यटन व्यवसायीहरु उपस्थित सुरुक्षाकर्मी र पत्रकार ज्यूहरु ।


२०६८ सालदेखि निरन्तर आयोजना हुदै आएको थारु होमस्टे गाउँ भादा महोत्सवको ११ औ संस्करणको मेरो ब्यक्तिगत र सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु ।
कैलाली जिल्लामा पहिलो विषेश गरि थारु जातीको परमपरा सांस्कृति खानपान, भेषभुषा, सिप कला, प्रकृतिक सम्पदाको संरक्षण र स्थानिय स्वरोजगार तथा थारु जातिको पहिचान पर्यटन व्यवसाय मार्फत राष्ट्रिय र अन्तराष्ट्रिय स्तर पुर्याउने उदेश्यका साथ संचालन भएको यो महोत्सवले होमस्टे संचालन र यस वडाको विकासका लागि निकै महत्वपूर्ण हुनेछ भन्ने मैले विश्वास लिएको छु ।


यस महोत्सवले स्थानिय थारु समुदायको मौलिक संस्कृतिक सखिया, झुम्रा मघौटा लट्टी बैठकी नाँच लगायत मौलिक परिकार ढिक्री, खरिया, फुलोरी, अण्डीक भात, पनझरा कचरीक, बरिया, घोगी गेङगटा, सुटही मुसाको सेकुवा जस्ता परिकार पर्यटकका लागि निकै आकर्षक मानिन्छ यीनीहरु थरु समुदायको सांस्कृति र जिवन सँग जोडिएका मौलिक खानपान हुन यीनीहरु संरक्षण र सम्वद्र्धनमा जोड दिनु पर्छ ।


धनगढी बजार देखि १७ कि मि दुरी रहेकोे थारु होमस्टे भादा गाउँमा धनगढीमा आएका आन्तररिक र बाहेय पर्यटक एक दिन मात्रै राती भादामा बसाउन सक्ने वातावरण भयो भने यसले क्षेत्रको विकास, रोजगारी र आय आर्जनमा निकै महत्वपूर्ण फाइदा पुग्ने छ यसका लागि आवश्यक कार्यमा प्रदेश सरकारका तर्फ पूर्ण सहयोगका लागि पहल गर्नेछु ।


यस वडामा रहेको प्रसिद्ध मन्दिर बेहडाबाबामा दर्शकन र तालमा घुम्न आउने आउने पर्यटकलाई यस गाउँ सम्म पुर्याउने बातावरणका लागि पनि स्थानिय सरकार र प्रदेश सरकार मिलेर काम गर्न सकिन्छ । यसका लागि स्थानिय सरकारलाई आवश्यक योजना बनाउन अनुरोध गर्दछु । स्थानिय तहलाई अव प्रशासनिक केन्द्र मात्र नभएर आय आर्जनका श्रोतहरु निर्माण गर्ने केन्द्रकारुपमा पनि विकास गर्नु पर्छ त्यसका लागि यसक्षेत्रका पर्यटन निकै महत्वपूर्ण श्रोत हो ।


भादा पर्यटन विकास तथा व्यवस्थापन समितिले दिएको ज्ञापनपत्र अनुसार थारु संग्रालय निर्माण, जोगिनी तालमा पिकनिक स्पोर्ट निर्माण, भादा गाउँदेखि भित्री चोक विद्यालय सम्म जानेबाटो कालोपत्रे, होमस्टे घरमा एटच बाथरुम निर्माण,लेहेन्गा चोली र ढकिया निर्माण तालिम, कनरी देखि उर्मा भादागाउँ बेहडाबाब जाडने सडक र चौमाला देखि भादा जोडने सडक र क्याम्पस रोड देखि बेहडाबाबा जोडने सडक र नदीमा पुल, होमस्टे भादा घुरही खानेपानी योजना आदीमा मेरो मन्त्रालयबाट हुने कामहरु केही यो वर्ष बजेट विनियोजना भएका आयोजनालाई चाडो भन्दा चाडो गर्ने र अन्य मन्त्रालयबाट हुने कामहरुमा पनि पहल गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु ।


सुदुरपश्चिम प्रदेश सरकार सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलन आयोजना गर्न गैरहेको छ । यस सम्मेलन मार्फत प्रदेश सरकारले स्वदेशी तथा वैदेशिक लगानी प्रदेशमा भित्र्याई यहाँको रोजगारी र आर्थिक गतिविधिमा टेवापुग्ने उदेश्य लिएको छ । हाम्रो प्रदेशमा पर्यटन व्यवसायको निकै सम्भावना छ त्यसमा पनि थारु समुदायको होमस्टे भादा निकै सम्भावना छ । यसमा निजि क्षेत्रले कसरी सहयोग पुर्याउन सक्छ त्यसका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिनेछ । यो अवसर दिनु भएकोमा थरु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति, परिवारलाई धेरै धेरै धन्यबाद दिदै पुनःयो यो महोत्सवको सुदुरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार बिकास मन्त्रालय र मेरो ब्याक्तिगत तर्फबाट पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दछु ।

ताजा खबर

Was sind die Top Online-Casino-Websites?

The Comprehensive Overview to Pettable ESA Letter Costs

Online Free Live Roulette: A Comprehensive Guide

Online Online Casino No Deposit Bonus Offer: A Comprehensive Overview

European Roulette kostenlos spielen: Alles, was Sie wissen müssen

Spielen Kostenlose Slot-Spiele Online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्