डोटीको भवानी माविका पाँच सय विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति प्रदान

शेयेर गर्नुहोस


डोटी/डोटीको सायल गाउँपालिका–२ स्थित भवानी माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीहरुलाई बुधवार विद्यालय पोशाक, झोला वितरण गरिनुका साथै १४ जना विद्यार्थीलाई छात्रबृति वितरण गरिएको छ ।


बुधवार भवानी माध्यमिक विद्यालयमा आयोजित एक समारोहमा पत्रकार दीर्घराज उपाध्यायको अगुवाईमा विद्यालयमा अध्ययनरत शतप्रतिशत विद्यार्थीलाई पोशाक, झोला र छात्रबृति वितरण गरिएको हो । सोही समारोहमा विद्यालयमा पुस्तकालय स्थापनाका लागि करीव दुई सय पुस्तक समेत प्रदान गरिएको थियो ।


संगम पब्लिकेसन्स काठमाण्डौंका प्रबन्ध निर्देशक सहदेव प्रसाद (एसपी) सापकोटाले बिद्यार्थीहरुको पोशाकको कपडा र सुदूरपश्चिमका बरिष्ठ उद्योगपति तथा समाजसेवी ओम प्रकाश अग्रवालले पोशाक सिलाईको खर्च ब्यहोरेका थिए ।
त्यस्तै विद्यार्थीहरुको पोशाक खरीदमा एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्तले एक लाख रुपैया र समाजसेवी मधु पाठकले ५० हजार रुपैया प्रदान गरेकी थिईन ।


चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशीले सय थान झोला प्रदान गरे । सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देलले सहुलियत दरमा गुणस्तरीय झोला प्रदान गरेका थिए ।
विद्यालयमा पुस्तकालय स्थापनाका लागि धनगढीस्थित बाल्मिकी ईन्टरनेशनलका तर्फबाट अध्यक्ष दिनेश राज भण्डारीले सय थान पुस्तक प्रदान गरेका थिए । त्यसैगरी प्रतिनिधि सभाका सदस्य तारा लामा तामाङ, पत्रकार कुन्द दीक्षित, पत्रकार लोग्शरी कुँवर, रविनकान्त पन्त, डिल्लीराज ओझा लगायतले पुस्तक प्रदान गरेका थिए ।


सोही समारोहमा संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सापकोटाले १० जना विद्यार्थीलाई, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) ले एक एक जनालाई छात्रबृतिको रकम प्रदान गरे ।
उनीहरुलाई मासिक एक हजार रुपैयाका दरले १२ महिनाको छात्रबृति प्रदान गरिएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले आर्थिक अवस्था कमजोर भएका र विद्यालय पोशाक र झोला समेत नभएर पठन पाठनमा कठिनाई झेलिरहेका विद्यार्थीहरुलाई पोशाक, झोलासंगै छात्रबृति प्रदान गरिएकोमा आभार व्यक्त गरे । यो सहयोगले विद्यालय भर्ना हुने दर बृद्धि हुनेछ । र, विद्यार्थीहरुलाई पढ्न अभिप्रेरित गर्ने विश्वास छ , उनले भने, असमयमै विद्यालय छोड्ने विद्यार्थीहरुको दरलाई समेत न्यूनिकरण गर्नेछ ।
कार्यक्रममा बोल्दै बिशिष्ट अतिथि पत्रकार दीर्घराज उपाध्यायले आर्थिक अवस्था कमजोर भएका कारण पोशाक, झोला र स्टेशनरी लगायतका सामग्री जुटाउन नसेकका विद्यार्थीहरुलाई पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले पोशाक, झोला, पुस्तकालय र छात्रबृति प्रदान गर्न अभियान सञ्चालन गरेको बताए । उनले झोला, पोशाक, र छात्रबृतिसंगै पुस्तकालयका लागि पुस्तक प्रदान गर्ने सम्पूर्ण संघसंस्था र मनकारी व्यक्तिहरुलाई धन्यवाद दिए ।


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य पद्म राज जोशी, प्रधानअध्यापक खड्क बहादुर सिंह, पत्रकार रामहरी ओझा, नेपाल विद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले विद्यार्थीहरुलाई पोशाक,झोला, छात्रबृति, पुस्तक लगायत सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरुसंगै यो अभियानको नेतृत्व गर्ने पत्रकार उपाध्याय प्रति आभार व्यक्त गरे ।
पत्रकार उपाध्याय, समाजसेवी अग्रवाल र सापकोटालाई नागरिक अभिनन्दन गरे ।

सामाजिक तथा पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान पु¥याए वाफत पत्रकार दीर्घराज उपाध्यायलाई समाजसेवासंगै औद्योगिक विकास तथा रोजगारी सृजनामा उत्कृष्ट योगदान पु¥याए वाफत बरिष्ठ उद्योगपति ओमप्रकाश अग्रवाल र समाजसेवी संगम पब्लिकेसन्सका प्रबन्ध निर्देशक सहदेव(एसपी) सोपकोटालाई सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालय डोटीले बुधवार नागरिक अभिनन्दन गरेको हो ।
सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी, भवानी माध्यामिक विद्यालयका अध्यक्ष धन बहादुर सिंह, प्रधान अध्यापक खड्क बहादुर सिंहले सायल गाउँपालिकाका नागरिकका तर्फबाट बुधवार विद्यालयमा आयोजित दोसल्ला र अभिनन्दन पत्र प्रदान गरे ।
विद्यालयको गुणस्तर बृद्धि तथा पठ्न पाठनमा सहयोग पु¥याउने उद्देश्यले बिद्यार्थीहरुको पोशाक, झोला, छात्रबृति र पुस्तकालय स्थापनाका लागि दीर्घराज उपाध्यायद्धारा थालिएको अभियानमा बरिष्ठ उद्योगपति अग्रवाल, समाजसेवी सापकोटाले उल्लेख्य सहयोग गरेका थिए ।
सोही समारोहमा पुस्तकालय, छात्रबृति र झोला लगायतका सामग्री प्रदान गर्ने एलआरआई काठमाण्डौंका संस्थापक शिवराज पन्त, समाजसेवी मधु पाठक, चैतन्य पाठशाला तथा चैतन्य एकेडेमी धनगढीका प्रमुख कार्यकारी अधिकृत गणेश प्रसाद जोशी, सुधा व्याग हाउस धनगढीका सञ्चालक यमनाथ सिग्देल, बाल्मिकी ईन्टरनेशनल धनगढी, पर्यटन व्यवसायी अमर बहादुर शाही(काठमाण्डौं), हिक्मत थापा (नाईजेरिया),खेमराज उपाध्याय(धनगढी) र तिर्थराज जोशी(काठमाण्डौ) लाई कदर पत्र सहित सायल गाउँपालिका र भवानी माध्यमिक विद्यालयले सम्मान गरेको थियो ।

नेपाली काँग्रेसका नेताद्धारा विद्यालयलाई एक लाख ११ हजार सहयोग

नेपाली काँग्रेसका महासमिति सदस्य पदम राज जोशीले डोटीको सायल गाउँपालिका– २ स्थित भवानी माध्यमिक विद्यालयलाई एक लाख ११ हजार एक सय ११ रुपैया सहयोग गरेका छन् ।
बुधवार विद्यालयमा आयोजित एक समारोहमा नेपाली काँग्रेसका नेता जोशीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर सिंह र प्रधानअध्यापक खड्क बहादुर सिंहलाई एक लाख ११ हजार एक सय ११ रुपैयाको चेक हस्तान्तरण गरे ।
नेपाली काँग्रेसका नेता जोशीले विद्यालयको पठन पाठन र गुणस्तीय शिक्षामा योगदान पु¥याउने उद्देश्यले सहयोग गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Il Sito di Gioco Online FastBet Casino Risorse e Consigli per i giocatori di AAMS

DrSlot Casino: A Hub for Online Slot Gaming Experience

FeliceBet Casino Online Gaming Experience

Oria Casino Games and Entertainment Options for Adult Players

SlotsIslands Casino – Die Welt der Spielautomaten wartet auf Dich

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको धनगढीमा नेपाल हृदय रोग निरवारण प्रतिस्ठान कैलाली र लायन्स क्लब अफ धनगढी टाउनको सयुक्त आयोजनामा एक दिने स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

अझै पढ्नुहोस्
समाचार

घडियाल गोही कैलालीमा मृत फेला

सुखड/दुर्लभ घडियाल गोही कैलालीमा मृत फेला परेको छ । टीकापुर नगरपालिका–७ बैदीस्थित मोहना नदीमा वयस्क घडियाल गोही मृत अवस्थामा भेटिएको हो ।  मृत्यु भएको घडियाल

अझै पढ्नुहोस्