वन्यजन्तुको लागि उपयुक्त ठाँउ बन्दै कृष्णपुरको सिस्ने सिमसार

शेयेर गर्नुहोस

जमुना न्युरे ,वन्यजन्तुको लागि प्राकृतिक रुपमा हुने घासे मैदान र तिनको आहारका लागि बिगत २२ बर्ष देखि काम गर्दै आयको तराइ भु – परिधी कार्यक्रम (ताल )ले कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा ४मा रहेको सिस्नेलाई कृत्रिम सामुदायिक रुपमा घासे मैदान निर्माण गरियको छ।

सामुदायिक बनमा यसरी बन्यजन्तु र चराचुरुङ्गीहरुका लागि मानिसहरुले आफ्नै प्रयास बाट यति ठूलो घासे मैदान बनाएको कंचनपुरमा पहिलो पटक रहेको सरक्षण कर्मी तथा निवर्तमान सासद महेश जोशिले बताए ।
सिस्ने सिमसार क्षेत्रमा लोपोन्मुख विजयसाल लगायत प्रजातिका विरुवा पूर्नरुत्पादन भइरहेको बताए । “खुल्ला चरिचरन बन्द र चोरी तस्करी नियन्त्रण भएसंगै वन क्षेत्र संरक्षित हुन थालेको छ ।“ उनले भने “आगामी दिनमा समेत जैविक विविधता संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिन्छन् ।“

सिमसार भन्ने बितिकै पानीले राम्रो सँग भिजेको ठाऊ वा अत्यधिक आर्द्रता भएको जमीन प्राविधिक रूपमा भन्नु पर्दा, त्यस्तो जमीन, जहाँ पानीको सतह र जमीन करिब करिब एउटै स्तरमा हुन्छ अनि बोट बिरुवाको अस्तित्व रहेको हुन्छ । जहाँ जमीन लुक्दैन, जहाँ पानी सुक्दैन र रसिलो जमीन भएको क्षेत्रलाई सिमसार भनिएको हो ।

ताल कार्यक्रमले जैविक विविधिता संरक्षणमा नेपालले महत्वपूर्ण उपलब्धिहरू हासिल गरे पनि विभिन्न कारणले जैविक विविधतामा ह्रास आइरहेको छ, मुख्यतः बासस्थान नाश हुनु तथा टुक्रिनु, बाह्य मिचाहा प्रजातिले प्रवेश पाउनु, र भूउपयोग परिवर्तन हुनु । त्यसै गरी, अन्य कारणहरूमा जलवायु परिवर्तन, बढ्दो सहरीकरण, गैरकानुनी शिकार, प्राकृतिक स्रोतको अत्यधिक दोहन, बन अतिक्रमण , आगलागी, अत्यधिक चरिचरन, मानव र वन्यजन्तुको द्वन्द्व रहेका छन्।

त्यसैले तराई भु -परिधि कार्यक्रमले थोरै भय पनि निरन्तर रुपमा प्रयासका पछिल्लो समयमा सिस्नेले बन र वन्यजन्तु सरक्षणमा निकै महत्वपुर्ण भुमिका खेलेको छ ,जहाँ ग्वासि सामुदायिक बन उपभोक्ता समुहले , समैजी सामुदायिक वन उपभोक्ता समूह ,ऎर्स्वए सामुदायिक वन , ग्वासीसमैजी सामुदायिक वन उपभोक्ता समूह गरि ६० हेक्टर बन क्षेत्रलाई मिचाहा प्रजाती बनमारा लाई बिस्थापित गरि घासे मैदान निर्माण गरिए ।

बनमाराले बनको हैसियत बिग्रेको कारण कुनै उन्नत जातका बोटबिरुवा नरहेको बनलाइ अतिक्रमण हटाइ , खुल्ला चरिचरण नियन्त्रण गर्दै ,स्थानीय लाई जनचेतना जगाउदै बनमा घासे मैदान निर्माण गर्दै उन्नत जातका बिरुवा साल , सिसौ , खयर , सतिसाल लगायत बिरुवा बृक्षारोपण गरिएको समैजी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हजारी सिं भाटले बताए ।

उनी भन्छन् हैसियत बिग्रेको बनलाइ घासे मैदान बनाउन लागि निकै चुनौतिको सामाना गर्नु पर्यो , घासे निर्माण पछि बिस्तार बिस्तारै बन्यजन्तु आउने तथा ओहोरदोहोर गर्ने पुलको काम गरेको छ सिस्नेले आजभोलि बन्यजन्तु हाती , बाघ , चितुवा , निलगाइ ,ब्राहसिङ्गा , बँदेल , विभिन्न किसिमका चराचुरुङ्गी हरु ,नजिकै बाट देख्न सकिने भाटले भने ।

सिस्नेलाइ ब्यबस्थित बनाउदै आउने बन्यजन्तु र चराचुरुङ्गीहरु पानी पिउनकै लागि गाउँ बस्ती मा नजाउन भनेर पानि पोखरी , अवलोकन टावर , चरिचरन रोक्न फेन्स तारबार , बन्यजन्तु र मानव बिच हुने द्वन्द्व कम गर्ने जिबिकोपार्जन कार्यक्रम , पर्या- पर्यटन , चोरिसिकारी नियन्त्रण दल , टुर गस्ती लगायक काम गर्दै आयको छ ताल कार्यक्रम ।
अहिले बन्यजन्तु मात्र होइन शान्त वातावरण खोज्नका लागि चराचुरुङ्गीहरु पनि प्रस्ततै रुपमा गुन्जायमान आवाज सङै रमाइलो गर्न सकिन्छ ।

यसरी मोहना लालझाडी जैविक मार्ग हुँदै सुक्लाफाट निकुञ्ज हुँदै ब्रह्रमदेव जैविक मार्ग हुँदै सुक्लाफाटा हुँदै सिस्ने हुँदै बन्यजन्तु भारतको दुधुवा नेशनल पार्क सम्म जोड्ने पुलको काम गरेको छ सिस्नेले ।
सिस्नेमा बाघको लागि आहारबिहारका लागि प्रस्ततै रुपमा निलगाइ , बँदेल , चितल, ब्राह्रसिङ्गा , लगायत जवाबर छन् ती जनावरका लागि घासे मैदान रहेको छ , यसले पारस्थितिक प्रणाली पनि राम्रो सङ चलेको छ ।

ताजा खबर

La Fuga de Pollo en Ruta 2: Aventuras en la Carretera del Azar

Chicken Road 2 – Ein Weg zum Glück auf Rädern

Royal Rabbit Casino Slot Machine Gameplay Strategies and Odds Analysis

La Strada Della Gallina 2, Sfida di Azzardo Online

Jugadas Fáciles en la Avenida de los Pollos 2

Roulette Low Stakes Australia for Mac: A Comprehensive Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !