TRENDING
Tips to Find the Best Online Gambling Sites
Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité
Duel Casino bonus – soorten bonussen in het online casino
Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online
Next
Prev

जर्मनीका विद्यार्थीले गरे कैलालीको वनको अध्ययन

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/कैलालीमा रहेको ब्राहवन साझेदारी वनमा सालको पुनरुत्पादन राम्रो रहेको जर्ज अगस्त युनिभर्सिटी गोटिङ्गन जर्मनीका एमएस्सी फरेष्ट्रीमा अध्ययनरत विद्यार्थीहरुको एक अध्ययनले देखाएको छ ।


धनगढीमा गरियको सुझाव संकलन सम्बन्धि गरिएको अन्तर्रकृया कार्यक्रममा नेपालमा साल काठको गुणस्तर राम्रो रहेको र त्यसमा पनि कैलालीको सालको अनुसन्धानमा खटिएका विद्यार्थीहरुले बताएका हुन् ।

वन विज्ञानमा स्नातकोत्तर गरिरहेका विद्यार्थीहरुले कैलालीमा रहेको बाह्रवन साझेदारीमा सालको विरुवा र रुखमा २१ दिने अध्ययन अनुसन्धान गरेका हुन् । उनीहरुले अध्ययन अनुसन्धानका क्रममा उनीहरुले कैलालीको साला उत्कृष्ट रहेको बताए । यहाँको हावापानी र माटो सालको विरुवा उत्पादनका लागि उपयुक्त रहेको अनुसन्धानमा खटिएका विद्यार्थी हेनरीले बताए । उनले भने,‘हामीले यहाँको जमिनमा ४ फिट गहिरो र ४ फिट चाक्लो खाडल खनेर त्यहाँको माटोको अध्ययन गर्‍यौ ।
माटोको अध्ययनका क्रममा जमिनको माथिल्लो सतहमा सालको विरुवाका साथै अन्य बोट विरुवाका लागि चाहिने पोषक तत्व प्रसस्त मात्रामा भेटिएको उनले बताए । माटोमा पानी सोस्ने शक्ति र जमिनमुनि पानी जाने सतह पनि राम्रो रहेकाले उक्त माटोमा सालको विरुवा उम्रने र हुर्कन सक्ने क्षमताको गुणस्तर राम्रो रहेको उनले बताए । ‘चरीचरन, आगलागी र स्याउला संकलनले गर्दा माटोको अम्लिय, छारियपना घट्न सक्छ,’ उनले भने,‘त्यसैले सालको जंगल क्षेत्रमा डढेलो नियन्त्रण तथा खुला चरिचरन बन्द गराउन जरुरी छ ।’ आगलागी, चरिचरनले जंगलमा चुनौती थपिनुका साथै माटोको गुण विग्रने र जंगलको हैसियत पनि विग्रने सम्भावना उत्तिकै रहेको उनले बताए ।


अध्ययनकै क्रममा आफूहरुले यहाँको साल धेरै बलियो र घाम पानी सहन सक्ने तथा किरा र रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता रहेको अर्की विद्यार्थी लिना प्लिचले बताइन् । उनले भनिन्,‘हामीले बाह्रवन क्षेत्रमा तीन वटा खण्ड छुट्याएर अध्ययन गरेका हौँ ।’ वैज्ञानिक वन लागू भएको प्लट, संरक्षित वन र अव्यवस्थित वनलाई तुलनात्मक रुपमा अध्ययन गरेको बताउँदै उनले भनिन्,‘वैज्ञानिक वन लागू भएको प्लटमा पुनरुत्पादनको अवस्था गज्जवको देखियो भने संरक्षित वनमा थोरै राम्रो भए पनि अव्यवस्थित वनमा भने पुनरुत्पादन शून्य जस्तै देखियो ।’ खोला किनारको जंगलमा भने सिसौं र खयरका रुख तथा विरुवा देखिएको पनि उनले बताइन् ।

‘खोला किनारमा सिसौं र खयर छन् भने जंगलको भित्री क्षेत्रमा सालका विरुवाहरु रहेका छन्,’ उनले भनिन् । वैज्ञानिक वन व्यवस्थापन गरिएको जंगलमा पुनरुत्पादन राम्रो हुनुका साथै अव्यवस्थित तथा संरक्षित वनमा भने चरिचरनले गर्दा वनको हैसियत विग्रिएको उनी बताउँछिन् । वैज्ञानिक वन व्यवस्थापन भएको प्लटमा प्रति हेक्टरमा दुई सय ८८ वटा सालका नयाँ विरुवा पुनरुत्पादन भएको तथ्य फेला पारेको बताउँदै उनले भनिन्,‘तर अव्यवस्थित वनमा भने प्रति हेक्टरमा २३ वटा सालका नयाँ विरुवा पुनरुत्पादन भएको देखियो ।’ यसबाट पनि अव्यवस्थित वन र वैज्ञानिक वन व्यवस्थापनमा सालको विरुवा पुनरुत्पादनको अवस्थामा आकाश जमिनको फरक पाइएको उनले बताइन् ।

यसका साथै वैज्ञानिक वन व्यवस्थापनको राम्रो बढोत्तरीकालागि के गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको र त्यसमा आफूहरुले अनुसन्धान गरिने उनले बताइन् । साल घाम चाहिने रुख भएकाले खुला क्षेत्रमा सालको उत्पादन तथा वृद्धि विकास छिटो हुने गरेको उनी बताउँछिन् । आफूले अध्ययन अनुसन्धान गरेको वनमा सबैभन्दा बढी सालको प्रजाती भेटिएको अनुसन्धानमा खटिएका विद्यार्थीहरुले बताए । अध्ययनमा अव्यवस्थित वन र वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको क्षेत्रमा पुनरुत्पादनको अवस्था धेरै फरक रहेको उनीहरुले बताए । साल सबैलाई मन पर्ने र घरायसी प्रयोजनका लागि पनि साल अत्याधिक काम लाग्ने भएकाले विक्री वितरण गर्दा राम्रो आम्दानी हुने भएकाले यसको व्यवस्थापन जरुरी रहेको उनीहरुको निष्कर्ष छ ।


सालको वनको अध्ययन अनुसन्धानका लागि विद्यार्थीको टोलीमा आएका जर्ज अगस्त युनिभर्सिटी गोटिङ्गन जर्मनीका प्रोफेसर राफ मिट्लोनरले नेपालमा अहिले सालका धेरै रुखहरु बूढा रहेका र त्यही जंगलमा वयस्क तथा साना विरुवाहरु कम मात्रै रहेकोले पनि पुनरुत्पादनमा जोड दिनुपर्ने काक्रक्रममा धारणा राखे । उनले भने,‘एउटा परिवार हुनका लागि ज्येष्ठ, वयस्क तथा बालबालिका हुन जरुरी छ त्यसैगरी एउटा जंगल पूर्ण हुनका लागि बूढा रुखदेखि वयस्क तथा विरुवाहरु पनि हुनु जरुरी छ ।’ भावी सन्ततीका लागि पनि सालको जंगलमा पुनरुत्पादन हुनु पर्ने बताउँदै उनले भने,‘अहिले हामीहरुका लागि बूढा रुखहरु कामयावी छन् भने हाम्रा छोरा नातिका लागि वयस्क तथा उनीहरुका पनि छोरा नातिका लागि भर्खरका विरुवा तयार हुनु जरुरी छ ।’ पुनरुत्पादनमा जोड नदिएमा अबको ४०/५० वर्षमा सालको रुख लोप हुन सक्ने अवस्था रहने बताउँदै उनले भने,‘इण्डिोनेसिया जस्ता देशमा यही गतिमा कटान हुँदै गएमा अबको ५/१० वर्षपछि साल सकिने छ भने त्यही अवस्था नेपालमा पनि नआउला भन्न सकिन्न । त्यसैले भावी सन्ततीका लागि सालको रुख जोगाउने या सक्ने भन्ने कुरा यहाँहरुको हातमा छ ।’

कैलालीको हावापानी तथा माटोमा सालको हैसियत राम्रो रहेको र यहाँ पुनरुत्पादन पनि राम्रो भएकाले सबै सरोकारवालाले सालको पुनरुत्पादनमा जोड दिनुपर्ने उनले सुझाए । विद्यार्थीहरुले बाह्रवन साझेदारी वनमा वनस्रोत, माटो विज्ञान, वन सम्वद्र्धन, पुनरुत्पादन, वनको अनुवांशिक, विरुवाको विविधता, काष्ठ विज्ञान, वन अर्थशास्त्र तथा वन राजनीतिका बारेमा खोज अनुसन्धान तथा सर्भे गरेका हुन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले कैलालीको बाह्रवन सबै प्रजातिका रुखहरु पाइने र जैविक विविधता रहेको वन भएको बताए । कैलालीको बाह्रवनले समग्र सुदूरपश्चिमको .वनलाई प्रतिनिधित्व हुने गरी विद्यार्थीहरुले अध्ययन गरेकोमा धन्यवाद दिए । बाह्रवन सुदूरपश्चिम प्रदेशको पहिलो साझेदारी वन भए पनि सोचेजति काम हुन नसकेको र पछिल्लो समयमा राजनीतिले वनलाई प्रत्यक्ष प्रभाव पारेको पनि उनले बताए ।


कार्यक्रममा बाह्रवन साझेदारी वनका अध्यक्ष ठक्कर शाह, सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष झुमा चौधरी, सामुदायिक वन समन्वय समिति कञ्चनपुरका अध्यक्ष महेशदत्त जोशी, भारताल साझेदारी वनका अध्यक्ष यादव भण्डारी, डल्फिन संरक्षण क्षेत्रका अध्यक्ष विजयराज श्रेष्ठ, पत्रकार पुष्पराज जोशीले राय तथा सुझाव दिएका थिए । सुदूरपश्चिम प्रदेश वन निर्देशक हेमराज बिष्टले कार्यक्रममाथि प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Tips to Find the Best Online Gambling Sites

Casino en ligne argent canadien – où jouer avec CAD en toute sécurité

Duel Casino bonus – soorten bonussen in het online casino

Uitgebreide kansen en jaabet casino bonus mogelijkheden voor een onvergetelijke spelervaring online

Mobile Casino Games: How to Enjoy Traditional Video Poker and Blackjack Games on Your Device

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

घोडाघोडी ताल मिचाहा प्रजाति बेस्रमले ढाकिंदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेस्रमले ताल ढाकिएको छ । कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি বর্তমান দুনিয়ায় অনলাইন বেটিংয়ের প্রেক্ষাপটে “Mostbet” একটি পরিচিত নাম। এই প্ল্যাটফর্মটি তার উন্নত প্রযুক্তির জন্য সুপরিচিত, যা ব্যবহারকারীদের

अझै पढ्नुहोस्