घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न प्रजातिका आगन्तुक चरा आइपुगेपछि चहलपहल बढेको हो । साइबेरिया लगायत उत्तरी क्षेत्रमा चिसो बढेपछि त्यहाँबाट विभिन्न प्रजातिका हाँससहित अन्य जलपन्छी विश्वरामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा क्षेत्रमा आइपुगेका हुन्।

जाडो छल्नका लागि कैलाली आइपुगेका यी चरा घोडाघोडी चरा अभय आरण्य क्षेत्रमा छ महिनासम्म अस्थायी रूपमा बसोबास गर्ने चराविद्व दयाराम चौधरीले बताए । “साइबेरियासहित उत्तरी क्षेत्रमा अत्यधिक चिसो भएपछि हिउँदे आगन्तुक चरा जाडो छल्न घोडाघोडी ताल सहित कैलालीको विभिन्न सिमसारमा आइपुग्ने गर्छन् । ती चराको बसोबास हिउँद अवधिभर यतै हुने गर्दछ”, उनले बताए।

जाडो छल्न यहाँ आएका चरा सुनजुरे हाँस, कैलेटाउको हाँस, मालक हाँस, कालीजुरे हाँस, श्वेताँखीभौं, बेल्चाठूँडे हाँस, खडखडे हाँस रहेका छन् । यसैगरी, सिन्दुरे हाँस, हरियो टाउको हाँस, सुइरो पुच्छ्रे हाँस, विजुलागैरी हाँस, डुबुल्की चरा, सिउरे डुबुल्की चरा, ठुलो जलेवा पनि उत्तरी क्षेत्रबाट अस्थायी बसाइसराइ गरेर घोडाघोडी आइपुगेका छन् ।


हाँस प्रजातिका हिउँदे आगन्तुक चरा छ हजारभन्दा बढी किलोमिटर दूरी पार गरेर साइबेरियाबाट कैलाली आएका हुन् । यी जलपक्षी यहाँ आउने क्रममा विभिन्न ठाउँमा बस्दै आइपुग्ने गरेका जनाइएको छ । यसैगरी, चीन, तिब्बततिर प्रजनन गर्ने ठुलो जलेवा जाडो यामभरी यहाँका सिमसारमा रमाउने गर्दछन् ।

घोडाघोडी ताल सहित घोडाघोडी तालका२४ वटा साहयक तालहरु , , लौकाहा–भौकाहा, कोइलही, चिडियाताल सोनियाँ–रुपियाँ, जम्नेह्टा, घोडतालसहित कर्णालीको तल्लो तटीय क्षेत्रमा विभिन्न प्रगतिका हिउँदे आगन्तुक चरा देखिने गरेको जनाइएको छ । अक्टोबरदेखि आएका आगन्तुक जलपन्छी मार्चतिर पुनः पुरानै ठाउँतिर फर्कने गरेको बताए ।
घोडाघोडी ताल चराको लागि उपयुक्त वातावरण रहेकाले विभिन्न जातका बगाले सिमकुखुरा , हरिहास , नादुलहास चराहरुले प्रजनन केन्द्र बनाएका छ्न

ताजा खबर

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

SpinKong Skrill Retrait : Rapidité et Frais

Getting Your Winnings Out in Australian Dollars

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Оптимизация мобильной версии Pinco от десктопной для пользователей

Оптимизация мобильной версии Pinco от десктопной для пользователей В эпоху быстрого технологического прогресса важность оптимизации мобильной версии сайта становитcя всё более очевидной. В этой статье

अझै पढ्नुहोस्

Преимущества: какие бонусы у кент казино для постоянных клиентов?

Преимущества: какие бонусы у кент казино для постоянных клиентов? В мире онлайн-гейминга постоянные клиенты всегда имеют свои преимущества, и кент казино не является исключением. Бонусы

अझै पढ्नुहोस्