खक्रौलामा गुल्मका ३३ जना सशस्त्र प्रहरीलाई जिल्ला तानिएको

शेयेर गर्नुहोस

धनगढी/कैलालीको सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म खक्रौलामा कार्यरत सशस्त्र प्रहरीका डिएसपी प्रदीप पौडेलविरुद्ध अनाधिकृत रूपमा सामान जफत गर्ने तथा व्यापारी र सर्वसाधारणलाई सास्ती दिने आरोप सार्वजनिक भएपछि सो गुल्मका ३३ जना सशस्त्र प्रहरीलाई जिल्ला तानिएको छ।

स्थानीय व्यापारी तथा नागरिकहरूले डिएसपी पौडेलको नेतृत्वमा अनावश्यक रूपमा सामान जफत गर्ने, दुःख दिने र बारम्बार हैरानी गर्ने गतिविधि भइरहेको गुनासो गरेका थिए। उक्त घटना सार्वजनिक भएसँगै सशस्त्र प्रहरी बलले आन्तरिक छानबिन अघि बढाएको बताइएको छ।

स्रोतका अनुसार घटनाको गम्भीरता ध्यानमा राख्दै डिएसपी पौडेलबाहेक गुल्ममा कार्यरत अन्य ३३ जना सशस्त्र प्रहरीलाई जिल्ला तानेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको हो। डिएसपी पौडेल भने हाल पनि जिम्मेवारीमै रहेको जनाइएको छ।

यस घटनाले स्थानीय स्तरमा सुरक्षा निकायप्रति प्रश्न उठाएको छ भने निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न मागसमेत बढ्दै गएको छ।सशस्त्र प्रहरी बलका उच्च अधिकारीहरूले घटनाबारे सत्यतथ्य पत्ता लगाई आवश्यक कारबाही गरिने बताएका छन्।

ताजा खबर

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

Spinboss Bonus nicht gutgeschrieben: Checkliste zur Fehlerbehebung

सम्बन्धितखवर

छुटाउनु भयो कि !