TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

कैलाली–३ मा काँग्रेसको चुनावी अभियान तीव्र, चुनावी समितिहरू गठन

शेयेर गर्नुहोस


सुखड, माघ १४ गते / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कैलाली निर्वाचन क्षेत्र नम्बर–३ मा नेपाली काँग्रेसले चुनावी गतिविधि तीव्र बनाएको छ ।

नेपाली काँग्रेसले उक्त क्षेत्रमा जिल्ला उपसभापति भीम बडूवाललाई उम्मेदवार बनाएको छ । निर्वाचनलाई लक्षित गर्दै नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले चुनावी रणनीति निर्माण सम्बन्धी नगर स्तरीय भेला आयोजना गरेको हो ।

नगर स्तरीय भेलाले पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने उद्देश्यसहित विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले नगर स्तरीय प्रचार–प्रसार समितिको संयोजकमा नगर सभापति बमबहादुर सिंह, युवा परिचालन समितिको संयोजकमा नगर सचिव बुधराम चौधरी, महिला परिचालन समितिको संयोजकमा नगर सचिव रेवती मल्ल तथा अनुगमन समितिको संयोजकमा परशुराम चौधरीलाई जिम्मेवारी दिएको छ ।

यसै गरी, १२ वटै वडामा सम्पर्क कार्यालय खोल्ने निर्णय समेत गरिएको नेपाली काँग्रेस घोडाघोडी नगर कार्यसमितिले जनाएको छ । पार्टीका सबै तहका संयन्त्रलाई व्यापक रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।

नगर सभापति बमबहादुर सिंहले सङ्गठनलाई वडा स्तरसम्म सक्रिय बनाउँदै चुनावी अभियान सशक्त रूपमा अघि बढाइने बताए । काँग्रेस केवल चुनाव जित्नका लागि नभई यस क्षेत्रको आर्थिक रूपान्तरण र समृद्धिका लागि मैदानमा उत्रिएको उनको भनाइ छ । उनले हरेक कार्यकर्तालाई आफूलाई उम्मेदवार सम्झेर जनताको घरदैलोमा पुग्न आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेसका प्रतिनिधिसभा उम्मेदवार भीम बडूवाल, समानुपातिक उम्मेदवार रिता चौधरी, पूर्व जिल्ला सभापति गोविन्दराज जोशी, क्षेत्रीय तथा प्रदेश कार्यसमितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, वडाध्यक्ष तथा वडा कार्यसमिति, तरुण दल, नेविसंघ, किसान सङ्घ, महिला सङ्घ, शिक्षक सङ्घ तथा जननिर्वाचित जनप्रतिनिधि लगायत नगरभरिका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

साझेदारी बन ब्यवस्थापनका लागि डिभिजन बन पहलमानपुरको पहल सुरु

जमुना न्युरे,सुखड /डिभिजन बन कार्यालय पहलमानपुर कैलालीले साझेदारी बन ब्यवस्थापनका लागि पहल सुरु गरेको छ । कार्यालयले सम्बन्धित सरोकारवाला निकायहरु संग एक कार्यक्रमका बिच छलफल

अझै पढ्नुहोस्
लेखहरु

नफापेको साइकल, फापेको सुनपानी

चित्रबहादुर चौधरी, मधेशका मुख्यमन्त्री लालबाबु राउतलाई साइकल नफापे पनि अर्थ मन्त्री जनार्दन शर्मालाई भने सुनपानी फापेको छ। एकताका लाल बाबु पण्डितको चर्चा चुलिएको थियो ।

अझै पढ्नुहोस्
समाचार

केराबारिमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको टिकापुर नगरपालिका वडा ७ रहेको मा रहेको सत्तिकर्णाली सामुदायिक वन उपभोक्ता समूह छेउ मा रामजानकी टोलमा मृत अवस्था चितुवा फेला परेको छ

अझै पढ्नुहोस्