TRENDING
Roulette with Free Spins in the USA: A Comprehensive Guide
Roulette High Stakes USA: A Comprehensive Review
Best Casino for Roulette USA Fast Review
Roulette Real Money USA 2026: A Comprehensive Review
Next
Prev

कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु

शेयेर गर्नुहोस

धनगढी/कैलाली र कञ्चनपुरमा आजदेखि नेपाल–भारत सीमास्तम्भ मर्मत तथा रङरोगन सुरु भएको छ । यस अघी भारतिय पक्षले जोर सिमा पिल्लर मर्मत तथा रङरोगन गरिसकेको छ । नेपाली पक्षले कैलाली कञ्चनपुरमा आजदेखी पिल्लर मर्मत तथा रङरोगन शुरु गरेको हो । सशस्त्र प्रहरीले सिमा पिल्लरहरुको मर्मत तथा रङरोगन गर्ने छ ।

कैलालीको धनगढी उपमहानगरपालिका ९ बङ्गग्राकटान स्थित ७४९/१ नम्बरको सिमा स्तम्भमा रङरोगन गरी सशस्त्र प्रहरीले सिमा स्तम्भ मर्मत तथा रङरोगन कार्यको शुरुवात गरेको हो । एक औपचारिक कार्यक्रम गरी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल, प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, सशस्त्र प्रहरी बल नम्बर ७ मुख्यालय अत्तरियाका प्रमुख सशस्त्र प्रहरी नायब महानिरिक्षक कुमार न्यौपाने, धनगढी उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी, वडा नम्बर १० का अध्यक्ष शिव कुमार राना लगायत भारतिय सिमा शुरक्षा बलका प्रतिनिधी सहितको उपस्थितीमा सशस्त्र प्रहरीले सिमा स्तम्भमा रङरोगन शुरु गरेको हो । उपस्थित अतिथीहरुले पिल्लरमा रिबन काट्नुका साथै रङ लगाएर स्तम्भ मर्मत तथा रङरोगन कार्यको सुभारम्भ गरेका हुन् ।

कञ्चनपुरमा भने पुनर्वास नगरपालिकाको डोकेबजारबाट मर्मत सम्भारको काम सुरु भएको हो । यसअघि भारतीय पक्षसितको समन्वयमा नापी विभागले सीमास्तम्भ मर्मत तथा रङरोगन गर्दै आएको भए पनि यस पटक सरकारले सशस्त्र प्रहरी बललाई त्यसको जिम्मेवारी दिएको सशस्त्र प्रहरी नायब महानिरिक्षक न्यौपानेले बताए । बिजोरी सीमास्तम्भ सशस्त्र प्रहरी र जोरी पिल्लर भारतीय एसएसबीले मर्मत तथा रङरोगन गरिसकेको छ उनले भने “कञ्चनपुरतर्फ सशस्त्र प्रहरीको नम्बर ३५ गण मुख्यालय र कैलालीमा नम्बर ३४ गणले सिमा स्तम्भको मर्मत तथा रङरोगन गर्ने छ ।” कैलालीमा रहेका १ सय ३ वटा सिमा स्तम्भ सशस्त्र प्रहरी कैलाली नम्बर ३४ गणले मर्मत तथा रङरोगन गर्ने उनले बताए । कञ्चनपुरका ६६ सिमा स्तम्भ सशस्त्र प्रहरीको ३५ नम्बर गण कञ्चनपुरले मर्मत तथा रङरोगन गर्ने न्यौपानेले बताए । सिमामा रहेका स्तम्भहरु मर्मत तथा रङरोगनको जिम्मेवारी सशस्त्र प्रहरीलाई दिएपछि झन गुणस्तरिय काम हुने स्थानिय प्रशासनले अपेक्षा लिएको छ । सिमामा रहेका नेपाली स्तम्भहरुको मर्मत सम्भार र रङरोगनले स्तम्भहरु बारे स्पस्ट जानकारी समेत हुने बताइएको छ । सिमा स्तम्भ रङरोगन संगै सशस्त्र प्रहरीले सिमामा हुने चोरी तस्करी र अपराधिक क्रियाकलाप समेत नियन्त्रणमा महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette with Free Spins in the USA: A Comprehensive Guide

Roulette High Stakes USA: A Comprehensive Review

Best Casino for Roulette USA Fast Review

Roulette Real Money USA 2026: A Comprehensive Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

सुदूरपश्चिममा नाउपालाई मुख्यमन्त्री र भौतिकमन्त्री दिन शीर्ष नेताबीच ‘भद्र सहमति’

कैलाली /सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकासमन्त्री दिने विषयमा शीर्ष नेताहरूबीच सहमति भएको छ । नाउपा अध्यक्ष रन्जिता श्रेष्ठका अनुसार सुदूरपश्चिम प्रदेशमा

अझै पढ्नुहोस्

50 фриспинов за регистрацию: быстрый старт в онлайн‑казино Казахстана Получай 50 фриспинов за регистрацию по номеру телефона и начинай выигрывать: https://kisorion.kz/ru/.Вчера в кафе я наблюдал,

अझै पढ्नुहोस्