नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सगरमाथा संवादमाथी छलफल तथा सुझाव संकलन

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी/नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सरगमाथा संवादमा (एन.डी.सी.३.०) सरोकारवाला निकायसंग छलफल तथा सुझाव संकलन कार्यक्रम धनगढीमा भएको छ । वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तन व्यवस्थापन महाशाखा काठमाडौको आयोजनामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा भएको थियो ।


कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार विकास राज्यमन्त्री प्रकाशबहादुर बमले जलवायु परिवर्तन भनेको जल र वायुमा देखिएको परिवर्तन हो । पानी र हावामा देखिएको परिवर्तनले पृथ्वीमा रहेका प्राणीलाई कस्तो असर पारेको छ, त्यो असरलाई न्यूनीकरण कसरी गर्न सकिन्छ भन्नू नै जलवायु परिवर्तनको न्यूनीकरण गर्नु हो ।

दैनिक जिवनमा कसरि असर परेको छ जलवायु परिवर्तन त्यसमा वन मासिदै गयमा असर पर्ने बताए । उनले जलवायु परिवर्तन रोक्न तथा अनुकुल गराउनका लागि हामीले गरिने हरेक क्रियाकलाप वातावरण मैत्री हुनु जरुरी रहेको कुरामा जोड दिए ।
कार्यक्रममा राष्ट्रिय निर्धारित योगदान ३.० मार्गदर्शन मस्यौदा तथा सगरमाथा संवादमा वन तथा वातावरण मन्त्रालयका जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख उपसचिव नरेश शर्माले राष्ट्रिय निधारित योगदान प्रतिवेदन किन आवश्यक भयो ?

एनडिसि ३.० तयार गर्दा कसरी अवलम्बन गरिएको प्रकृया ? राष्ट्रिय निर्धारित योगदान ३.० मार्गदर्शनको सिद्धान्त ? एनडिसी २०२५ निर्माणको लागि मार्ग–चित्र एवम् कार्ययोजना ? मस्यौदा प्रतिवेदनमा समेटिएका विषयहरु ? मस्यौदा प्रतिवेदन रहेका सामाग्री ? जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धि नितिगत लक्ष्यहरु ? नेपाल जलवायु परिवर्तनले पु–याएका हानी तथा नोक्सानी ? हानी तथा नोक्सानिका ः नितिगत लक्ष्यहरु ?, न्यायपूर्ण संक्रमण र मावन अधिकार ः् नितिगत लक्ष्यहरु ? जेड्सि ः नीतिगत लक्ष्यहरु ?, जिइडिएसआइ ः उत्सजन न्यूनीकरण सम्बन्धि क्षेत्रगत लक्ष्यहरु र एनडिसि ३.० कार्यन्वयनको लागि अनुमानित लागत लगायत विषयमा सहजीकरण गरेका थिए ।


कार्यक्रममा सुझाव दिदै मोहनालालझाडी संरक्षित वन परिषदका अध्यक्ष राजबहादुर ऐरले राष्ट्रिय निधारित योगदान ३.० मार्गदर्शन वायोग्याँस र सुधारिएको चुलो उर्जा कार्यक्रम कैलाली र कंचनपुर जिल्लामा एकदमै सफल कार्यक्रम भएकको थियो तर पछिल्लो समयमा बायोग्यास र सुधारिएको चुल्हो मस्यौदामा नल्याउन आग्रह गरे । उनले पहिले जस्तो किसानले गाइबस्तु पाल्दैन, तापक्रम बढेसंगै पानीका मुहान सुक्दै गइरहेका रिचार्ज पोखरी निर्माण गर्न, बृक्षारोपण जस्ता कार्यक्रम समेटिनुपर्ने बताए ।


कार्यक्रममा सुझाव दिदै असारिका शर्माले नेपालको राष्ट्रिय निर्धारित योगदान ३.० को मस्यौदा तथा सरगमाथा सम्बादमा एन.डी.सी.३.० मा फरक क्षमता भएका ब्यक्तिहरु नभएर अपाङ्गता भएका ब्यक्तिहरु राख्न सुझाव दिइन् । उनले जलवायु परिवर्तन न्यूनीकरण कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरु कसरी उनिहरु क्षमता बिकास गर्न सकिन्छ त्यता पनि ध्यान दिन आग्रह गरिन् ।


कार्यक्रममा सुझाव दिदै खडकप्रसाद अधिकारीले भने, ‘हाम्रो वनमा काठ खेर गएका छन् । घर बनाउदा घर धनिले आल्मुनियम, युपिभीसि जस्ता प्रयोग गर्न बाध्य छन् । जसले बिदेशी काठ आयात बढी रहेको छ । हाम्रा वरपर रहेका भुसे इटा उद्योगहरु रिप्लेस गर्नुपर्छ । आरन व्यवस्थित बनाउन त्यसका लागि निजी क्षेत्रसंग समन्वय गर्दै निजी क्षेत्रलाई सघाउ पुगाउने वातावरणमत्री बनाउनुपर्छ ।’ उनले जलवायु परिवर्तन मा सन् २०१६ देखि २०२५ सम्म गरिएका कामहरुको के–के उपलब्धी भए ती मस्यौदामा राख्न सुझाव दिए ।

कार्यक्रममा प्रदेश वन निर्देशनालयका वरिष्ठ वन अघिकृत भक्तराज गिरीले सरकारद्वारा व्यवस्थित गरिएका वन र सामुदायिक वन नचाहिने प्रजाति को बाहुल्यता बढी रहेको बताउँदै चाहिने प्रजाति घटिरहेको छन् । मिचाहा प्रजाति व्यवस्थापन गर्नुपर्ने र वन सम्वद्र्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन अवलम्बन गर्न मस्यौंदामा समावेश गर्नुपर्ने उनले सुझाव दिए ।


वन तथा वातावरण मन्त्रालयका उप–सचिव प्रा. नरेश शर्माले स्वागत गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी वरिष्ठ वन अधिकृत भोजराज पाठकले समन्वय गरेका थिय ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Genuine enjoyment awaits players exploring a world of chance with prestige casino and rewarding wins

Fonctionnement du Traffic Camera Game en ligne : principes et caractéristiques.

Jogo de Maquinas Caça-Riches LuckyHaul

Cosè Chicken Road 2: un gioco di casinò online con tema da scommesse?

Excellent opportunities await with casino classic bonuses and enhanced gameplay features

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় কৌশলগত অবকাঠামো তৈরি করে

Mostbet দিয়ে কিভাবে টাকা ইনকাম করা যায় কৌশলগত অবকাঠামো তৈরি করে অনলাইন গেমিং এবং বেটিং এর জগতে Mostbet একটি জনপ্রিয় প্ল্যাটফর্ম। আপনি যদি সঠিক কৌশল

अझै पढ्नुहोस्
प्रदेश

देउसी भैलाे साँझ ८ बजे पछि खेल्न नपाउने, अवज्ञा गरे कारवाहि गरिने

टीकापुर /कैलालीमा दिपावलीको समयमा खेलिने देउसी भैलो साँझ ८ बजे पछि खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले एक सूचना जारी गर्दै उक्त

अझै पढ्नुहोस्