TRENDING
Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big
No Register Online Casinos: The Ultimate Guide
The Exciting World of Online Slot Machine
Online Casino Sites That Approve PayPal: The Ultimate Guide
Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming
Next
Prev

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताः दशौँ दिनमा विजय स्पोर्ट्स, भजनी र स्टार सिटि विजयी

शेयेर गर्नुहोस


सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज दशौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक वटा क्वालिफायर्स खेल भएको छ ।

बिहान भएको ‘ए’ डिभिजनको पहिलो खेल विजय स्पोर्ट्स क्लब धनगढी र बिहानी युवा क्लब भजनीले बिच भएको थियो । निर्धारित समयमा विजय स्पोर्ट्स क्लब धनगढीले २ गोल गर्न सफल भयो भने बिहानी युवा क्लब भजनीले गोल फर्काउन सकेन् । उक्त खेलको म्यान अफ द म्याच विजय स्पोर्ट्स क्लब धनगढीका खेलाडी राजेन्द्र प्रताब सेन घोषित भएका थिए ।
त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो क्वालिफायर्स खेल भजनी युवा क्लब भजनी र न्यु सुन्दर शक्ति युवा क्लब कैलारी बिच भएको थियो ।

जसमा भजनी युवा क्लब भजनीले ४ गोल प्रहार गर्दे न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएको थियो । निर्धारित खेल समयमा न्यु सुन्दर शक्ति युवा क्लब कैलारीले गोल फर्काउन सकेन । खेल हारे सँगै न्यु सुन्दर शक्ति युवा क्लब कैलारी बाहिरिएको छ भने भजनी युवा क्लब भजनी फाईनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच भजनी युवा क्लब भजनीका खेलाडी प्रेम बहादुर साउँद घोषित भए ।


आजै भएको दिउँसो तेस्रो ‘ए’ डिभिजनको खेल स्टार सिटि धनगढी र मनकामना युवा क्लब धनगढी बिच भएको थियो । जसमा स्टार सिटि धनगढीले ३ गोल प्रहार गर्दे मनकामना युवा क्लब धनगढी लाई हराएको थियो । निर्धारित खेल समयमा मनकामना युवा क्लब धनगढीले १ गोल फर्काउन मात्र सक्यो । उक्त खेलको म्यान अफ द म्याच स्टार सिटि धनगढीका खेलाडी गोबिन्द विक घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Finest Online Casino Site Real Money: Your Ultimate Overview to Winning Big

No Register Online Casinos: The Ultimate Guide

The Exciting World of Online Slot Machine

Online Casino Sites That Approve PayPal: The Ultimate Guide

Ideal Bitcoin Casino Sites: A Comprehensive Overview to Online Gaming

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नायल तालको प्रचारका लागि गर्‍यो फोटो पत्रकार महासङ्घको अन्तरक्रिया 

धनगढी/कैलालीको नायल तालको प्रचारप्रसारका लागि फोटो पत्रकार महासङ्घ कैलालीले शनिवार अन्तरक्रिया गरेको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर-१२ मा पर्ने नायल ताल क्षेत्रमै पुगेर

अझै पढ्नुहोस्
लेखहरु

पथरैया नदीको दोभानमा घडियालले कोरल्यो बच्चा

बैदि /  टिकापुरकाे बैदिमा घडियाल गोहीले प्राकृतिक रूपमा बच्चा कोरलेको छ । पथरैया र काँढा नदीको दोभानमा दुर्लभ घडियालले पहिलो पटक बच्चा कोरलेको हो ।

अझै पढ्नुहोस्