कैलाली जिल्ला लिग फुटबल प्रतियोगिताः दशौँ दिनमा विजय स्पोर्ट्स, भजनी र स्टार सिटि विजयी

शेयेर गर्नुहोस


सुखड /कैलाली घोडाघोडी नगरपालिका–१ सुखड रङ्गशालामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज दशौँ दिनमा बिहान र दिउँसो गरी दुई वटा ‘ए’ डिभिजनका खेल र एक वटा क्वालिफायर्स खेल भएको छ ।

बिहान भएको ‘ए’ डिभिजनको पहिलो खेल विजय स्पोर्ट्स क्लब धनगढी र बिहानी युवा क्लब भजनीले बिच भएको थियो । निर्धारित समयमा विजय स्पोर्ट्स क्लब धनगढीले २ गोल गर्न सफल भयो भने बिहानी युवा क्लब भजनीले गोल फर्काउन सकेन् । उक्त खेलको म्यान अफ द म्याच विजय स्पोर्ट्स क्लब धनगढीका खेलाडी राजेन्द्र प्रताब सेन घोषित भएका थिए ।
त्यसै गरी दिउँसो सम्पन्न भएको दोस्रो क्वालिफायर्स खेल भजनी युवा क्लब भजनी र न्यु सुन्दर शक्ति युवा क्लब कैलारी बिच भएको थियो ।

जसमा भजनी युवा क्लब भजनीले ४ गोल प्रहार गर्दे न्यु सुन्दर शक्ति युवा क्लब कैलारीलाई हराएको थियो । निर्धारित खेल समयमा न्यु सुन्दर शक्ति युवा क्लब कैलारीले गोल फर्काउन सकेन । खेल हारे सँगै न्यु सुन्दर शक्ति युवा क्लब कैलारी बाहिरिएको छ भने भजनी युवा क्लब भजनी फाईनलमा प्रवेश गरेको छ । उक्त खेलको म्यान अफ द म्याच भजनी युवा क्लब भजनीका खेलाडी प्रेम बहादुर साउँद घोषित भए ।


आजै भएको दिउँसो तेस्रो ‘ए’ डिभिजनको खेल स्टार सिटि धनगढी र मनकामना युवा क्लब धनगढी बिच भएको थियो । जसमा स्टार सिटि धनगढीले ३ गोल प्रहार गर्दे मनकामना युवा क्लब धनगढी लाई हराएको थियो । निर्धारित खेल समयमा मनकामना युवा क्लब धनगढीले १ गोल फर्काउन मात्र सक्यो । उक्त खेलको म्यान अफ द म्याच स्टार सिटि धनगढीका खेलाडी गोबिन्द विक घोषित भएका थिए ।

वैशाख २८ गते देखी सुरु भएको जिल्ला लिग ज्येष्ठ १२ गते सम्म सञ्चालन हुने छ । कैलाली जिल्ला लिग फुटबल सङ्घको आयोजना र घोडाघोडी क्लबको स्थानीय आयोजनामा हुने प्रतियोगिता सुखड रङ्गशालामा सञ्चालन भइरहेको छ । प्रतियोगितामा जिल्लाका ए डिभिजनका ७, बी डिभिजनका ६ र क्वालिफायर्सका ७ टिम गरी २० टिमको सहभागी रहेको छ । ए डिभिजन लिगको विजेता क्लबले ७५ हजार र दोस्रो हुने क्लबले ३७ हजार ५ सय पुरस्कार पाउने छन् । त्यस्तै बी डिभिजनको प्रथम हुने टिमले ५० हजार तथा दोस्रो हुने टिमले २५ हजार पुरस्कार पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Joy of Chance in Casino Slot Machines

Intrigerende kansen en millionerscasino.co.nl bieden een unieke ervaring voor spelers

Innovative Lösungen und ninlay für beeindruckende Projekte im Innenbereich

Uitgebreide kansen biedt het spelen bij spinjoys casino voor iedere speler

Remarkable journeys from player preferences to kingdom-casino-unitedkingdom.uk experiences await

Analyse seriöser Angebote zeigt Chancen und Risiken beim ninlay casino für neue Spieler

सम्बन्धितखवर

छुटाउनु भयो कि !