TRENDING
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Next
Prev

कैलाली जिल्लामा मतदानको सबै तयारी पूरा

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको सबै निर्वाचन क्षेत्रमा निर्वाचनको तयारी पूरा भएको छ ।

प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले बिहीबार बिहान ७ बजेदेखि हुने मतदानको सबै तयारी पूरा भएको जानकारी दिए ।

कैलाली जिल्लाका ५ क्षेत्रमा सबै केन्द्रमा मतपत्र, मतपेटिकासहित कर्मचारी सोमबार नै पुगिसकेका थिए ।

उनीहरूले केन्द्रमा मतदानका लागि आवश्यक पर्ने तयारी पूरा गर्दै सर्वदलीय बैठक पनि सम्पन्न गरिसकेको क्षेत्र ३ को घोडाघोडि नगरपालिका वडा ३ केन्द्र मतदान अधिकृत दिलिप यादबले बताए ।

निर्वाचन आयोगले भयरहित वातावरणमा मतदान प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ । कैलाली जिल्ला प्रहरी कार्यालयले पनि सबै क्षेत्रमा सुरक्षा प्रबन्ध दुरुस्त बनाइएको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) पदमबहादुर विष्टले केन्द्रीय सुरक्षा योजनाअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा परिचालन भएको जानकारी दिए ।

उनकाअनुसार प्रदेशका सबै मतदान स्थलको सुरक्षा संवेदनशीलता विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनी अत्तरियाका निमित्त प्रमुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले पनि चुनावी सुरक्षाका लागि सबै क्षेत्रमा सशस्त्र प्रहरी परिचालन भईसकेको बताए ।

सुदूरपश्चिम प्रदेशको सबैभन्दा बढी मतदाता कैलालीमा रहेका छन् । कैलालीमा ५ प्रतिनिधि सभा क्षेत्र अन्तर्गत ५ लाख ५१ हजार ५२ मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.केसीसहित ९ जना पक्राउ

काठमाडौं । माइतीघरमा प्रदर्शनमा उत्रिएका डा.गोविन्द केसीसहित ९ जना पक्राउ परेका छन् । स्वास्थ्य र शिक्षामा सबै नेपालीको समान पहुँचलगायतका माग राख्दै माइतीघरमा प्रदर्शनमा उत्रिएका

अझै पढ्नुहोस्
कला-साहित्य

देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दल बहादुर बोगटीको उपचारको क्रममा निधन

धनगढी,३ असोज । देउडा प्रतिष्ठानका अध्यक्ष तथा वरिष्ठ कलाकार दलबहादुर बोगटीको उपचारको क्रममा निधन भएको छ। भदौ ३१ गते राति हाइस् दुर्घटनामा परेर घाइते भएका

अझै पढ्नुहोस्
समाचार

अक्षयकोष स्थापनाका लागि धनगढीमा चौतारी साँझ गरिँदै

जमुना न्युरे,धनगढी/प्रेस चौतारी नेपाल कैलालीको आयोजनामा भोलि (शनिबार) चौतारी साँझ हुने आयोजकले जनाएको छ। पत्रकारहरुलाइ भै परि आउने समस्या समाधान तथा दुर्घटनामा पर्ने पत्रकारहरुका लागि

अझै पढ्नुहोस्
समाचार

बाघको हड्डी, जडिबुटी र नगद सहित ५ जना पक्राउ

जमुना न्युरे, कैलाली /बाघको हड्डी, जडिबुटी र नगद सहित ५ जना पक्राउ परेका छन । पुस ९ गते कैलाली धनगढी उप-महानगरपालिका वडा नं. ४ बसपार्क

अझै पढ्नुहोस्