कैलालीमा नयाँ प्रजातिको कछुवा फेला

शेयेर गर्नुहोस

धनगढी/कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो । 

भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो प्रजातिको कछुवा यसअघि नेपालमा अभिलेख भएको थिएन । भेटिएको कछुवा नेपालका लागि नयाँ प्रजाति इन्डियन स्टार कछुवा रहेको कछुवा तथा सरिसृप विशेषज्ञ प्राध्यापक करनबहादुर शाहले बताउनुभयो ।

“यसअघि यो प्रजातिको कछुवा नेपालमा पाइएको अभिलेख छैन” उहाँले थप्नुभयो, “नेपालका लागि यो नयाँ प्रजाति हो ।” जानकी गाउँपालिका–६ स्थित कर्णाली नदीको तटीय क्षेत्रमा रहेको वनमा यो कछुवा भदौ ३ गते भेटिएको थियो । 

बाख्रा चराउने बालबालिकाले फेला पारेको कछुवालाई उद्धार गरेर सोही दिन प्राकृतिक बासस्थानमा छोडिएको संरक्षणकर्मी विजयराज श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार कैलाशेश्वर र जगतपुर सामुदायिक वन क्षेत्र आसपासमा कछुवा भेटिएको थियो । संयोगवस आफूसहित जगतपुरका दुई स्थानीय ओतको बासस्थान पत्ता लगाउन वनमा गएको बेला बालबालिकाले अनौथो किसिमको कछुवा भेटाएको देखेपछि उद्धार गरेर वनमै छाडेको श्रेष्ठले बताउनुभयो । 

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइसिएन) को रातो सूचीमा रहेको इन्डियन स्टार कछुवा संवेदनशील प्रजाति मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Precision gaming experiences unlock possibilities with 24k bat for Indian enthusiasts

Svenska Kasinon – Spela Hos SvenPlay Casino

Affidabilità e velocità con Goldbet live, scommesse e prelievi in pochi minuti su https://goldbet-live.it/

Winstler Casino – Jogos de Azar e Prêmios Em Destaque

Drakula Casino: Mysteriose Gewinne für Abenteuerlustige

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डोटीबाट सरकारी पेटारोसहितको टोली बडिमालिका प्रस्थान

धनगढी,डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि

अझै पढ्नुहोस्
समाचार

समय अवधी सकिएको १० बर्ष हुँदा समेत बनेन संरक्षित वनको कार्ययोजना

जमुना न्युरे,सुखड/नेपाल सरकारले वि.सं. २०६८ मा कैलाली को बसन्ता वन र कञ्चनपुर को मोहना–लालझाडी वनसहित देशभर पाँच वटा वन संरक्षण क्षेत्र घोषणा गरेको थियो। यी

अझै पढ्नुहोस्