कार्यलयमा दत्तचित्त भएर काम गर्न निर्देशन ,दण्ड र पुरस्कारको ब्यबस्था हुन्छ : मन्त्री धामी

शेयेर गर्नुहोस

धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले कर्मचारीहरुलाई २४ घन्टा नै काम गर्न निर्देशन दिएका छन् । नेपाल फारवेस्ट टेक्निसियनस् एशोसिएसनको सुदूरपश्चिम प्रादेशिक सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री धामीले अब कर्मचारीहरुले कार्यलयमा होस या फिल्डमा २४घन्टा सबैको समन्वयमा काम गर्नु पर्ने र अपिस तथा घरमा भुँडी लगाएर बस्ने दिन नरहने बताएका हुन् ।

कर्मचारीलेपनि कार्यलयमा हामिले राम्रो सङ समय दिएर दत्तचित्त लगायर त मन्त्री धामीले भने “हामीले बनका क्षेत्रमा काम गर्नुपर्ने छ, अधिकाशं बनकै काममा खटिनुपर्छ भने दगुर्नसक्ने, कतै आपतबिपतमा आफु जोगिन सक्नेत हुनु गरि दक्ष जनशक्ति ,काम देखाउने गर्न जरुरी रहेको छ । आफ्नो स्वास्थ्य तन्दुरस्त राख्नुपर्छ अनी जनतालाइपनि दुरुस्त सेवा दिने र राज्यको फाइदा हुने काम गर्नुपर्छ ।”

पहिला जे जे भयो सबै छोडिदिनुहोला अब गल्ती हुँदैनन् त्यही दिशामा हिन्नुहोला मन्त्री धामीले भने “अब गल्ती हुँदैनन् केही न केही गर्ने अठोट मेरो छ मेरै स्पिडमा तपाइहरुपनि हिनिदिनुहोला अनी हाम्रो प्रदेशको बिकास हुने छ, यो मन्त्री केही दिनका लागी हो के गर्ने हो र भनेर मेरो कुरालाई एक कानबाट सुनेर अर्कोबाट नउडाउनु होला गल्ती गर्नेलाई म छोड्दैन, तपाइहरुले मेरो स्पिडमा काम गरिदिनुभएन, मलाई टेर्नुभएन भने म तपाइका कार्यालय सहयोगी अनी तपाइका भान्से समात्छु तपाइहरुका हरेक गतिबिधी उहाँहरुलाई थाहा हुन्छ नी ।” तपाइहरुले मन्त्रीलाई टेर्नुहुन्न भने तपाइहरुलाई नटेर्ने भान्से र कार्यालय सहयोगी बनाउँछु म पनि उनले भने “त्यस कारण यो केही दिनका लागी आएको मन्त्री हो के टेर्नु नसोचिदिनुहोला म मेरा लागी भनिराखेको होइन हामी यहाँ भएको केही देखाउनका लागी भनिरहेको हुँ, तपाइहरुको सहयोग चाहिन्छ ।”

अनी सरुवा बढुवाका लागी अन्तैबाट पावर ल्याउने काम नगर्नुहोला कसको कहाँ आवश्यक्ता छ, कसको समस्या छ, कसको काम राम्रो छ मन्त्रालयले मुल्याकंन गरेर सरुवा, बढुवा गर्ने छ उनले भने “केही समस्या छन्, भने म सित सल्लाह अथवा छलफल गर्न आउनु होला म तयार छु, तर मलाई दवाव दिन अन्य नेताकहाँ गयो भने त्यसपछि राम्रो हुन्न, मलाई प्रधानमन्त्रीबाट दवाव दिन लगाएपनि म काम गर्दैन ।”
कर्मचारीहरुका केही समस्याहरु आएका छन् ति समस्या म सम्बोधन गराउने छु मन्त्री धामीले भने, काठका कुरा, पोसाकका कुरा लगायत धेरै समस्याका कुरा आएका छन् ,उनले भने “सबै समस्या सम्बोधन गर्न म तयार छु, मात्र मेरो स्पिडमा काम गरिदिनुहोस सुदूरपश्चिमको उधोग, पर्यटन, बन तथा वातावरण मन्त्रालयलाई चिनाउने गरी काम गरौँ मेरो मात्रै नाम आउने होइन तपाई हामी सबैको नाम आउने छ, सहयोग गरौँ ।”

कार्यक्रममा बोल्दै बन मन्त्रालयका सचीव बेद प्रकाश ढकालले पछिल्लो समयमा सामुदायिक बनमा शुसासनको विषयमा कुरा बढी आएका छन् अब हामिले सामुदायिक बनमा शुसाशन निमार्णका लागि सामुदायिक बन को निर्धारित समयमा साधारणसभा , कार्ययोजना ,बिधान निमार्ण जस्ता कार्यक्रम बन कर्मचारीहरुले सब डिभिजन तथा डिभिजनका अधिकृतहरुलाइ परिपत्र गरि सकेको बताए ।
अतिक्रमण ठूलो सानो भन्ने हुदैन एकै छाप्रा निमाण हुदा पनि कमचारीहरुले रोक्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा शुभकामना मन्तव्य दिदै डिभिजन बन कार्यलय कैलाली धनगढी प्रमुख केशब राज पराजुलीले
यो सगठनले कर्मचारीका हकहित सङै आउने चुनौतीहरुलाइ पनि सामाना गर्नका एक आवाज भयको ,प्राकृतिक स्रोतको ब्यबस्थापन गर्न चुनौती रहे पनि निरन्तर रुपमा अगाडि बढ्नु पर्ने पछिल्लो समयमा बन अतिक्रमण र चोरीपैठारी नै मुख्य चुनौतीको विषय भएको छ बन कार्यलय सङ भएका सिमित स्रोत साधनले रोक्नलाई कमि भएको ,सबै सङ्ग सरोकारवाला निकाएले बनलाई हेर्ने दृस्ठिकोण पनि फरक भएको बताए ।

कार्यक्रममा बन मन्त्रालयका उपसचिव हेम राज बिष्ट , नेपाल बन प्राबिधिक सन्जाल भक्त राज गिरि , जलाधार ब्यबस्था कैलाली श्याम श्रेष्ठ , लगायतका बक्ताहरुले शुभकामना दिएका थिय ।
कार्यक्रममा नेपाल फरेस्टेक्निसियन एसोसियट को केन्द्रिय उपाध्यक्ष पुर्ण शकर यादव सभापतित्व भएको कार्यक्रम सचीव रणिन्द्र सिंले सन्चालन गरेका थिय ।

ताजा खबर

Gott des Glücks im SlotGodz Casino

La Fata Vincitrice del Lotto a Villa LolaJack Casino

Fugleviets Vej 2 – en Spilleautomat med Rygende Muligheder

Route du Poulet sur la Piste dArgent Fauve et Dangereuse

LolaJack Casino – Das Glücksspiel-Angebot für jeden Geschmack

Gods van de Gokkasten bij Godz Casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीमा नयाँ प्रजातिको कछुवा फेला

धनगढी/कैलालीमा नयाँ प्रजातिको कछुवा फेला परेको छ । खपटामा ताराजस्तै चिन्ह भएको इन्डियन स्टार कछुवा फेला परेको हो ।  भारत, पाकिस्तान र श्रीलंकामा पाइने यो

अझै पढ्नुहोस्