आसरा सुधार केन्द्रको मन्त्री प्रकाश देउवाले गरे निरीक्षण

शेयेर गर्नुहोस

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ मा सञ्चालनको तयारीमा रहेको आसरा सुधार केन्द्रको भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले निरिक्षण गरेका छन् ।लागु औषधको दुव्र्यसनीहरुलाई गुणास्तरिय उपचारको व्यवस्था गर्न स्थापना हुन लागेको केन्द्रको सोमबार मन्त्री देउवाले निरिक्षण गरेका हुन् । 

सो अवसरमा मन्त्री देउवाले सुधार केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने पूर्वाधार, सामाग्री व्यवस्थापन लगायतमा प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले भने –‘यहाँ आवश्यक संरचना निर्माण गर्नका लागि प्रदेश सरकार आन्तरिक छलफलमा रहेको छ’ उनले भने –‘यसका लागि आवश्यक बजेट प्रदेश सरकारले व्यवस्थापन गर्ने छ ।’ निरिक्षणमा क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराको समेत सहभागिता थियो ।

धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबीच सो सुधार केन्द्र स्थापना गर्न सम्झौता भइसकेको छ ।उपमहानगर प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराबीच समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो । सो केन्द्रमा दुई सय जना राख्न सक्ने गरि काम भइरहेको उनको भनाई छ ।बेडहरु तयार भइसकेका छन् । यो महिनाको अन्तिमसम्ममा समुदघाटन गरेर सञ्चालनमा ल्याइने छ तयारी भइरहेको छ ।

ताजा खबर

Der Ultimative Leitfaden für Mobile Spielunternehmen Spiele

The Essential Guide to Getting an ESA Letter From a Doctor

Ideale Authentisches Geld Online Casino: Ein Umfassender Leitfaden

Free Rotates Bonus Offer: A Comprehensive Overview

सुदूरपश्चिमका दुई मन्त्रालयमा सचिव पदस्थापन

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल पूर्व प्रहरी संगठनले बुझाए कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र

धनगढी, २४ फागुन /नेपाल पूर्व प्रहरी संगठनले कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुँदै

अझै पढ्नुहोस्
समाचार

अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

धनगढी/अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मुख्य

अझै पढ्नुहोस्